Butwal Today
नेपालगन्जमा राष्ट्रिय युवा संघ नवौ महाधिवेशन शुरु

विदेशिएका युवालाई स्वदेश फर्काउने याेजना ल्याउनुपर्छ : ओली

२७ चैत्र २०७९, सोमबार
अ+
अ-

 

बाँके, २७ चैत ।

नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन साेमवारदेखि नेपालगञ्जमा सुरु भएको छ ।

चैत २७ देखि २९ गतेसम्म हुने नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

उद्घाटन सत्रमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले एनाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र नभई सशक्त युवाको पनि पार्टी भएको बताए ।

युवाहरू सूर्य जस्तै अनुशासित हुनु पर्नेमा बताउँदै ओलीले अनुशासनमा नबस्ने व्यक्ति र संगठन कुबाटोमा जाने प्रष्ट पारे ।

युवालाई देशमा नै बसेर शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर एमालेले सिर्जना गर्ने ओलीले बताउनुभयो । विदेशमा रहेको नेपाली युवालाई छिट्टै घर फर्कने वातावरण बनाउने ओलीको भनाई छ ।

उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अहिलेको अर्थतन्त्र जोगाउन नसक्ने दाबी गरेका छन् ।

उनले अहिलेको अवस्था बिग्रिरहेको अर्थतन्त्र जोगाउने साहस वर्तमान सरकारमा नरहेको टिप्पणी गरेका हुन् ।

महासचिव शंकर पोखरेलले देशलाई संकट पर्दा राष्ट्रिय युवा संघ नेपाल जनताको पक्षमा प्रस्तुत हुने संगठन भएको उल्लेख गरे । पोखरेलले नेपालमा राष्ट्रिय युवा संघ नेपालले गौरवशाली भूमिका खेलेको बताउदै पोखरेलले रसंगठनको विरासतलाई अझ अघि बढाउन शुभकामना दिए ।

महाधिवेशनको उद्घाटन समारोहमा पार्टी स्थायी समिति सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवम् युवा इन्चार्ज महेश बस्नेत लगायत सहभागी छन् । उक्त अवसरमा अध्यक्ष ओलीलाई नरैनापुरका नेता कार्यकर्ताहरुले ९ किलाेकाे फुलकाे माला लगाइदिएका थिए । युवा संघ नेपालमा अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन । बर्तमान महासचिव क्षितिज थेवेसँगै उपाध्यक्षद्वय अञ्जना अधिकारी र सन्तोष रावल अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।