Butwal Today

अवैध उत्खनन् गरी लोड गर्दैै गरेका १० वटा गाडी प्रहरीको नियन्त्रणमा

२६ चैत्र २०७९, आइतबार
अ+
अ-

लमही, २६ चैत ।

सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा शनिबार राती १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

लमही नगरपालिका वडा नं. ७ वनगाई र हस्नापुर ईलाकामा पर्ने अर्जुन खोलामा राति २ बजेको समयमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्याक्टरहरु नियन्त्रणमा लिईएकोे हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४१ रिजर्भ गण हेड क्वाटर अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीको नेतृत्वमा खटिएको गस्ती टोलीले लमही नगरपालिका वडा नं. ७ वनगाईबाट ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको डिसीले वताए ।

यस्तै सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरको नेतृत्वमा खटिएको गस्ती टोलीले लमही नगरपालिका ७ हस्नापुरबाट ४ वटा ट्याक्टरहरु बालुवा सहित नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिईएका ट्याक्टरहरुलाई आवश्यक कानुनी प्रकृयामा लगिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सो स्थानमा प्रायःजसो अवैध उत्खनन् हुने गरेको स्थानीयवासीहरु बताउँछन् ।