Butwal Today

जुनतारा साकोसको रक्तदान

२४ चैत्र २०७९, शुक्रबार
अ+
अ-

बुटवल, २४ चैत ।

जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीको ११ औ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रघुनाथ पोखरेलले बताए उनले सहकारी संस्थाले बचत र ऋणसँगै सामाजिक काम गर्नु पनि सहकारी दायित्व रहेको बताए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चेतनारायण खनाल, सचिव सूर्य खनाल, कोषाध्यक्ष खुमानन्द खनाल, सल्लाहकार यमप्रसाद पोखरेल लगायतले बोल्दै सहकारी संस्थाले सामाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक लेखनाथ खनालले जानकारी दिए ।