ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

मिसन ग्रासरुट अन्तर्गत देवदहमा एमालेको प्रशिक्षण

२३ चैत्र २०७९, बिहीबार
२३ चैत्र २०७९, बिहीबार

बुटवल, २२ चैत ।

नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदह नगर कमिटीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कमिटीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत नगर कमिटीले प्रशिक्षण कार्यक्रम गरेको हो ।

पार्टीका नगर कमिटी अध्यक्ष हिराबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवं मिसन ग्रासरुट देवदहका संयोजक सरिता भुसालले पार्टीमा बढिरहेको अवसरवाद र अराजकतावाद अन्त्यको लागि मिसन ग्रासरुट अभियान संचालन गरेको बताइन् । उनले पार्टी बलियो बनाउन, संगठन विस्तार गर्दै कार्यकर्ताहरुलाई पार्टीको नीति, कार्यक्रम र समग्र देशको अवस्थाको वारेमा जानकारी दिने उद्देश्यले मिसन ग्रासरुट अन्तर्गत प्रशिक्षण कार्यक्रम गरिएको बताइन् ।

उनले संगठनात्मक अराजकता अन्त्यको लागि पार्टीका सवै नेता, कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिइन् । प्रतिनिधि सभा सदस्य समेत रहेकी नेतृ भुसालले पार्टी भित्र चाकरी प्रथा बढिरहेको बताउँदै त्यसलाई चिर्दै देशको अवस्था परिवर्तन गर्ने गरी लाग्न कार्यकर्ताहरुलाई आग्रह गरिन् ।

उनले पार्टी भित्रको अन्तरविरोध सामाजिक सञ्चालमा राख्ने प्रवृत्ति मौलाउँदै गएको बताउँदै चित्त नबुझेको कुरा पार्टी कमिटीको बैठकमा राख्न आग्रह गरिन् । उनले नागरिकको चाहना अनुसार जनप्रतिनिधिहरुले काम गर्नुपर्नेमा जोड दिइन् । नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै प्रदेश कमिटी सदस्य डा.आरसी आचार्यले श्रम गर्ने वानीको विकास नभए सम्म देशमा समाजवाद आउन नसक्ने बताए । उनले सरकारले अबलम्वन गरेको ३ खम्बे अर्थ नीति अनुसार काम गर्न सकेमात्र देशको अर्थतन्त्र सुधार हुने बताए । उनले नेपालमा रहेका उद्योग कलकारखाना नीजि क्षेत्रलाई सुम्पिदा अहिले देशको अर्थतन्त्र विग्रदै गएको बताए । उनले युवा शक्तिहरुलाई उत्पादनमा जोडन आवश्यक रहेको औल्याए ।

सोही कार्यक्रममा प्रशिक्षण दिदै राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बद्री खनालले जनताको बहुदलीय जनवादको माध्यमबाट मात्र देशमा समाजवाद ल्याउन सकिनेमा जोड दिए । उनले देशमा अहिले पनि सामन्तवादका अवशेषहरु कायम रहेको बताउँदै विचौलीयाहरुको हालीमुहाली रहेका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताए । उनले पार्टी भित्र रहेको अन्तरघातको अन्त्यले मात्र पार्टी बलियो हुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?