ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
विचार

दम्भ र घमण्ड आखिर कहिलेसम्म ?

२३ चैत्र २०७९, बिहीबार
२३ चैत्र २०७९, बिहीबार

वास्तवमा छुद्र वचन कसैका लागि पाच्य हुँदैन । छुद्र वचन मन पराउने सायद यो दुनियाँमा कोही छैनन् होला । जसले छुद्र वचनको प्रयोग गर्दछ त्यसले स्वयं आफूले पनि त्यस्तो वचन मन पराएको देखिदैन । आफूलाई मन नपर्ने कुरा किन मानिसले अरुकालागि प्रयोग गर्दछन् ? यो आश्चर्यको कुरा हो । छुद्र वचनमात्र होइन छुद्र व्यवहार पनि कोही कसैलाई मन पर्दैन । तर, त्यही छुद्र व्यवहार अरुका लागि मानिसले निरन्तर प्रयोग गरिरहेको हुन्छ । यसको रहस्य के होला ? एक मानवले अर्को मानवप्रति सहिष्णुता देखाउन नसकेर हो वा आफूमा भएको दम्भका कारणले यस्तो छुद्र वचन र व्यवहार देखाउने गर्दछन ? आफूलाई मन नपर्ने कुरा गरेर अरुको मन कुँड्याउनु राम्रो मानिदैन तर अत्यधिक मानिसहरुले वेलामौकामा त्यही गरिरहेको देखिन्छ र सुनिन्छ ।

जुन मानिसको मनमा जस्तोसुकै दम्भ भएपनि यो मानिसको आफ्नो प्रवृति हो । मानिसमा विभिन्न प्रवृति हुन्छन् त्यस मध्यको एउटा हो दम्भ देखाउनु । यो कसैका लागि पनि फाइदाजनक प्रवृति होइन भन्ने धेरैलाई थाहा छ तर किन यसैलाई धेरैले दर्शाउने गर्दछन् ? यो बुझ्न कठिन विषय बनेको छ । यसले कुनैपनि मानिसलाई उकालो चढन कत्तिपनि सिकाउँदैन वरु ओरालो झर्नमात्र सिकाउँछ । प्रवृतिगत रुपले ओरालो झर्नु भनेको जीवनमा आर्जन गरेको श्रेयमा क्षय हुनु हो । यसरी ओरालो झर्नेहरुलाई अरुले हात समाएर झारेको होइन आफ्नै प्रवृतिका कारणले आफै निरन्तर झर्ने गर्दछन् । ओरालो झर्न मन नपराउनेहरुले पनि छुद्र वचन र व्यवहारका कारण आफै ओरालो लागिरहेका हुन्छन् । हामीले त सकेसम्म यस्तो नहोस् भन्ने कामना गर्ने हो तर हाम्रो कामनाले के नै हुन्छ र ? दम्भ देखाउनेहरु यसलाई छोडन सकेका हुँदैनन् । दम्भ नदेखाउनु राम्रो भन्ने उपदेशले पनि काम लाग्दैन । कतिलाई त आफू अर्कै दुनियाँको मानव देखाउनका लागि पनि यस्तो दम्भ देखाउँछन् भन्ने लाग्दछ । एउटा मानिसले अर्को मानिसलाई मानवका रुपमा नदेख्नु आफैमा रहेको ठूलो दोष हो भन्ने लाग्दछ । यो दोषले आपसमा समन्वय कायम हुन सक्दैन ।

कतिपय राजनीतिक दल र उनका नेता कार्यकर्ताहरुमा अरु क्षेत्रमाभन्दा बढ्ता दम्भ देखाउने गरेको देखिन्छ र सुनिन्छ । सामान्य नागरिकले दम्भ देखाएको भए त्यो कति पाच्य हुन्थ्यो ? यो वेग्लै कुरा हुन जान्थ्यो । कुनैपनि दलको नेता वा कार्यकर्ता भनेको अन्य सामान्य नागरिक भन्दा केही सचेत व्यक्ति हो । यस्ता कार्यकर्ताहरुमा केही बढता सचेत वर्गको रुपमा गनिन्छन् भने केही कम सचेतमा गनिन्छन् । त्यसको वेग्लै पाटोमा मूल्यांकन हुनेछ तर यहाँ सामान्य नेता कार्यकर्ताहरुले यस प्रकारको दम्भ देखाएको बुझियो भन्ने आजको प्रसंगको कुरा हो । यस्तो खालको दम्भ देखाउनेहरुमा अति ख्याति प्राप्त नेता तथा कार्यकर्ताहरुले नै भन्ने कुरा उल्लेख गरियो । जसले समाजसेवा र जनसेवा भन्दछन् उनीहरु नै दम्भ देखाउन लालायित भएकाले जीवनको एउटा आश्चर्य त्यही भएको मान्नुपर्दछ । अघि पछिको समयभन्दा निर्वाचनका समयमा बढ्ता दम्भ प्रदर्शन हुने गर्दछ । आज निर्वाचनको प्रसंग नभएकाले कम भयो भनौंला तर उनीहरुको मनबाट त्यो दम्भ पूरै हटेको छैन । त्यसकारण कुनै दिन त्यस्तो अवसर पाउँदासाथ त्यही प्रवृत्ति देखिने हो ।

राजनीतिमा स्थायी दुश्मन र स्थायी मित्र कोही हुँदैन भनिन्छ । जब कोही दीर्घकालिन दुश्मन हुँदैन भने दम्भका साथ सहयात्रीलाई सत्तोसराप गर्नुको कुनै कारण हुँदैन । यसको सहज अवतरणका लागि यसरी बुझेपनि हुने भयो । निर्वाचन आयो भने बोलेको सुहाएपनि नसुहाएपनि बोल्नैपर्ने हुने रहेछ । यस्ता कुरामा सधै ध्यान दिएर अन्य विषयमा वहस र छलफल कहिले गर्ने ? यसरी दम्भ देखाएर अर्कालाई अनर्गल लान्छनाको हुरी चलाउनुको साटो ठिक्क, मिल्ने र सुहाउने कुरा गरे त भैहाल्ने थियो । सुन्नेहरुलाई पनि सरल र सहज कुरा सुनिने थियो होला । चाहे निर्वाचन होस् चाहे अन्य समयमा होस् यस्ता छुद्र बचन नउकेलेर बस्न नसक्नेहरुलाई के भन्ने ? लान्छना नलगाए वा लान्छना लगाउन नपाएमा खाएको पच्दैन भने किन अपशब्द उकेल्नु परेको छ र ? यस्ता कुरा उखेल्दै गर्दा कहिले आफ्ना आन्द्रा र भूँडी छताछुल्ल हुन लामो समय लाग्ने छैन । यसको सहज तरिका के हो भने आफूले आफ्नो काम कुरा गर्ने हो । आफूले गर्न सक्ने र गरेका कामहरुको वारेमा बताउन सक्नुपर्दछ । अरुलाई गालीगलौज गर्नुको साटो आफ्नो काम के हो र गर्न सकिने काम कुराहरु के हुन ? आफ्नो कर्तव्य के हो ? यसका वारेमा जानकार हुनुपर्दछ । आफूले आफ्नो कर्तव्य जान्न नपर्ने अनि अरुलाई तथानाम लान्छना लगाएर दोषजति अरुको थाप्लामा किन थुपार्ने ?

निर्वाचनका समयमा जसलाई जति शेर छटाकमा गाली गरेपनि जति लिटर आक्षेप लगाएर पनि आखिर कुनै दिन उसैको बुई चढनु पर्ने हुँदोरहेछ । आरम्भका दिनहरुमा त उसकै बुई चढेर सत्ताको यात्रा थालेको त हो नि । लान्छना लगाएको पात्रको आधारले आफू उभिनुपर्ने रहेछ । अहिले त्यही सिद्ध भएको छ । भोलीको आफ्नो सहारालाई पनि धुलो चाट्ने गरी थान्को लगाउनु के आश्चर्यको कुरा हो ? दम्भलाई अर्को शब्दमा बोक्रे खालको अभिमान पनि भनिन्छ । यस्तै यसलाई जालझेल, घमन्ड, आडम्वरी स्वाङ समेत भनिन्छ । अलिक पर पुगेर यसको अर्थ छाम्ने हो भने जालझेल र कपट भन्न समेत सकिन्छ । यसरी हेर्दा दम्भ शब्दले यो प्रवृति अंगीकार गरौं भन्ने एकाध कोही होला तर अत्यधिक संख्यामा यसको विपरित हुनेछन् । तर जानेरपनि दम्भ त्याग्न नसकेकाहरुलाई के उपमा दिने होला ? हरेक मानिसले मानिसको वृहत्तर हितको कामना गरोस र त्यही माफिकको बोली व्यवहार गरोस भन्ने हाम्रो चाहना हो । यसैको अर्को नाम लोकतन्त्र हो । लोकतन्त्रमा अरु समय र अरु व्यवस्था जस्तो यो व्यवस्था होइन । यसमा आफ्नो दलको नीति अनुसार जनसेवामा लाग्ने हो । कसैले कुनै गल्ती वा कमजोरी गर्न पुग्यो भने स्वस्थ आलोचना गर्न सकिन्छ । स्वस्थ आलोचनाले जो कसैलाई पनि सुध्रने मौका दिन्छ । हामीले कसैलाई चौबाटोमा लगेर पछार्ने होइन हरेकलाई सुध्रने मौका दिनुपर्दछ । हामीले कसैलाई पछार्ने होइन सुध्रने अवसर दिनुपर्दछ । हरेक मानिसबाट सद्व्यवहार हुन सक्यो भने हाम्रो परिवार वा समाज कस्तो होला ? हामीयस्ता कुराको कल्पना गर्न सक्छौं ? यसलाई सम्भव ठान्छौं ? यदि सम्भव ठान्छौ.भने किन छुद्रतातिर ध्यान दिने ?

जुन व्यक्ति वा तहले समाज सुधारको लागि केही त्याग गर्नुपर्ने हो, त्यही व्यक्ति वा वर्ग समाजको रीतिस्थिति भत्काउन लागेको देखिन्छ । यो जसले समाज बनाउने जिम्मा लिएर जनताबाट अनुमोदन चाहेको हुन्छ त्यही व्यक्ति निर्माणमा नभएर ध्वंसमा विश्वास गर्दा रहेछन् । ध्वंसमा विश्वास गर्ने जमात रहेसम्म निर्माणको कुरा जति गरे पनि केही सुधार देखिदैन । समाज परिवर्तन वा नयाँ समाज निर्माणका लागि केही गुमाउनु पर्छ भन्नेहरुमा आएको दम्भले समाज दिनदिनै भ्रष्ट हुँदैछ । समाज विग्रदै छ । नैतिकता लोप हुँदैछ । नेतृत्व गर्नेहरु आफै आचरणमा रहन नसक्ने अवस्था भएको समयमा उनीहरुले समाजलाई गति दिन्छन भन्नु गलत हो । आफैमा पालेको भ्रममात्र हो । यस्ता भ्रमबाट मुक्त हुनुपर्दछ । जसले समाज रुपान्तरण गर्छ भनेर सर्वसाधारण व्यक्तिहरु पछाडि लागे त्यो उनीहरुले दिएको सास्ती हो । त्यो समय वर्वाद गरेको हो भन्यो भने कुनै अन्यथा हुने छैन ।

एकपटक दम्भमा रमाउनेहरुलाई नजिकबाट हेरौं, छामौं । उनीहरुको नाडीमा समाज सुधारको नशा कति दु्रतगतिमा चलेको पाइन्छ ? यसबाट थाहा हुन्छ उनीहरुको धडकन । त्यही धडकनबाट सुधारको आभाष मिल्दछ । आफ्नो कुरा सालिन ढंगबाट राख्न नसक्नेहरु सबैले गालीको सहारा लिने गर्दछन् । गालीको सहारा भनेको छुद्रता हो । छुद्रता समाजको धमिरा हो । जसले भित्रैबाट बस्तु नष्ट गर्दछ । दम्भले आजसम्म कसैको हित गरेको नदेखेको हुनाले अव एउटै स्वरमा भनौं भो अब दम्भ नदेखाएपनि हुन्छ । तिम्रो दम्भ सदाकालागि बन्द गरे भनेर भन्नु पर्दछ । यही नै नागरिकको चोखो वचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?