ट्रेंडिंग:

>> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?

सरकारका सयदिनः काम थोरै प्रचार धेरै

२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

जनमत पार्टीका अध्यक्ष सिके राउतले केही दिन अघि टेलिभिजन अन्तरबार्तामा गज्जबको कुरा सुनाएका थिए । संघीय संसदमा निर्वाचित भएपछि गठबन्धन दलहरुको बैठकमा सहभागी हुँदा राउतको रोचक अनुभव यस्तो छ– हाम्रा दलका नेताहरु बैठकमा देशको चिन्ता कहिल्यै गर्दैनन, कसको सरकार गिराउने, कसको नेतृत्वमा सरकार बनाउने, को मन्त्री बन्ने, कसलाई हटाउने, सेवा र सुविधा बृद्धि कसरी गर्ने, आफ्ना मान्छेलाई विभिन्न ठाउँमा कसरी नियुक्त गर्ने ? आदि इत्यादी । राउतका अनुसार दलहरुको बैठकमा देशको चिन्ता हुँदैन, चिन्ता हुन्छ केवल सत्ताको । यही बीच प्रचण्ड सरकारको नेतृत्वमा सरकार बनेको एकसय दिन पूरा भएको छ । एक सय दिनको बीचमा राउतले भनेजस्तै प्रचण्डले पुरानो गठबन्धन छाडेर नयाँ गठबन्धन बनाए । त्यसबीचमा सत्ताका रोचक अनेकौं किस्सा भए होलान । प्रधानमन्त्रीलाई पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउन धेरै सकस भएको सुन्दा सरकारको ध्यान बिकासतर्फ कसरी जाओस ? त्यसबीचमा प्रधानमन्त्रीको चिन्ता र ध्यान देशको भन्दापनि नयाँ गठबन्धनमै केन्द्रित भएको हुनुपर्छ । प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्री पदको शपथग्रहण गरेको दिन गत पुस ११ देखि सरकारको कार्यभार सुरु भएको थियो । यस अवधिमा प्रचण्डलाई देशको भन्दा पनि गठबन्धनकै चिन्ता बढी भएको देखिन्छ । तरपनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको सय दिन पूरा भएको छ । सय दिनको भन्दै सरकारले ३७ बुँदै उपलब्धि सार्वजनिक गरेको छ । सरकारले उपलब्धि सार्वजनिक गरिरहँदा सय दिनमा विकास निर्माणको काम शून्य भएको छ । सरकारको पुँजीगत खर्च निरासाजनक देखिएको छ । चालु खर्च बढेको बढ्यै छ । आर्थिक परिसूचकले आशाको सञ्चार गर्न सकेको छैन । कुन आधारमा सरकारको सय दिनलाई उपलब्धिमूलक ठान्ने ? सरकारको सय दिन केवल शब्दमा उपलब्धिमूलक भएको छ । कार्यान्वयनको वा सुधारको पक्षमा उपलब्धिमूलक रहेन भन्दा अन्यथा हुँदैन ।

प्रचण्ड नेतृत्वको सरकारले मुलुकको विकास, समृद्धि र सुशासनमा दृढ देखिएको दावी गरेको छ । सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको, मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण तथा जनसरोकारका मुद्दालाई सम्बोधन गर्ने दिशामा सरकार अघि बढेको आदि इत्यादीलाई सरकारको उपलब्धि दाबी गरिएको छ । प्रधानमन्त्रीले दुईपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनुलाई पनि सरकारको उपलब्धि मान्दा अस्वाभाविक हुँदैन । किनभने प्रचण्ड सरकारले आफ्नो आयु बढाएको छ । अव पाँच बर्ष सरकार टिक्छ भन्ने दावी गरिएको छ तर नयाँ गठबन्धनको आन्तरिक सहमतिमा पाँच बर्षमा तीनजना प्रधानमन्त्री बन्ने उल्लेख छ । अव सरकारले कसरी काम गर्छ ? अझैपनि नयाँ गठबन्धनभित्र धेरै अन्यौलता र अस्थीरताका कुरा छन । ती सवैलाई मिलाउन प्रधानमन्त्री प्रचण्डलाई सरकारको गति भन्दा पनि गठबन्धनमा ध्यान दिनुपर्ने चुनौति छ । सरकारले सय दिनमा विकृति, भ्रष्टाचार, अनियमितता रोकथाम, थुप्रै समस्या हुँदाहुँदै पनि अर्थतन्त्रलाई लयमा ल्याउन र सुशासनलाई गति दिने काममा सरकारको प्राथकिता, सेवा प्रवाहलाई चुस्त पार्ने काम भएको, सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा समेटिएका विषयलाई कार्यान्वयनमा ल्याउन एकीकृत कार्ययोजना तयार भइसकेको कुरालाई उपलब्धि भनेर ब्याख्या गरिएको छ । विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने विषयमा सरकारले प्राथमिकतासाथ काम गरिरहेको सरकारको दावी छ । सरकारले सय दिनको काम देखाईरहँदा तथ्याँकमा हेर्ने हो भने सरकार असफल भएको छ । सरकारको काम प्रचारमुखी मात्रै छ । सय दिनमा सातपटक त मन्त्रिपरिषद पुनर्गठन भएको छ । यसलाई पनि सरकारको उपलब्धि मान्ने हो भने फरक कुरा हो, होइन भने सरकारको सय दिन अन्योल र अस्थीरताले भरिएको छ । सरकार काममा होइन प्रचारमामात्रै देखिएको छ । जनताले अनुभूति गर्नेगरि सरकार प्रस्तुत हुन नसकेको गुनासो बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?