Butwal Today

तनहुँ–१ मा सर्वेन्द्र खनाल र गोविन्द भट्टराईले गराए उम्मेदवारी दर्ता

२० चैत्र २०७९, सोमबार
अ+
अ-

तनहुँ ।

तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि एमालेका तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन् ।  सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।

खनालको प्रस्तावकमा र समर्थकमा क्रमश भगवती न्यौपाने र एकबहादुर राना रहेका छन् । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।