© 2026
बुटवल, १९चैत ।
बुटवलमा सम्पन्न जिल्ला स्तरीय अन्तर मावि वडाअध्यक्ष कप टेबलटेनिस प्रतियोगितामा दीप बोर्डिङ स्कुल च्याम्पियन बनेको छ । प्रतियोगितामा ३ स्वर्ण, १ कास्य पदक जित्दै दीप बोर्डिङ हाई स्कूल च्याम्पियन भएको हो । प्रतियोगितामा २ स्वर्ण १ कास्य र १ रजत पदक जित्दै लुम्बिनी बोर्डिङ दोस्रो तथा १ स्वर्ण २ रजत पदक जित्दै न्यू होराइजन मावि तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा बुटवल इलिटका स्पर्स भलामी र तिनाउ स्कूलका सेलिसा बस्नेत उदयमान खेलाडी घोषित हँुदै पुरस्कृत भए ।
बुटवल उपमहानगरपालिका वडा नंं. ३ को आर्थिक सहयोगमा रुपन्देही जिल्ला टेवलटेनिस संघको आयोजनामा रुपन्देही जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष सुरेन्द्र कुमार शाक्यले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष विष्णु ढकाल, जनप्रतिनिधि पवित्रादेवी श्रेष्ठ, जिल्ला टेवल टेनिस संघका प्रमुख सल्लाहकार अर्जूनमान सैंजू, सस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, प्याब्सन केन्द्रका सदस्य तथा दीप बोर्डिङ हाई स्कूलका प्राचार्य टीकाराम न्यौपाने, सल्लाहकार सुनिलमान श्रेष्ठ, महेन्द्र लिगल, जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, संघका उपाध्यक्ष नर वहादुर क्षेत्री, सचिव महेश खनालले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा जिल्लाका १३ विद्यालयका १ सय २० जना खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । यसअघि संघको आयोजनामा जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु समेत भएको छ ।