ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

अस्पतालमा फार्मेसी काउन्सिलर अनिवार्य कार्यान्वयन गराउछौ– स्वास्थ्यमन्त्री पन्थी

१९ चैत्र २०७९, आइतबार
१९ चैत्र २०७९, आइतबार

बुटवल, १९ चैत ।

लुम्बिनी प्रदेशका स्वस्थमन्त्री बिष्णु प्रसाद पन्थीले सबै अस्पतालमा फार्मेसी काउन्सिलर अनिवार्य गर्ने प्रदेश सरकारको निर्णय भएको बताएका छन । सरकारी अस्पतालसहित अन्य सबै अस्पतालमा यो ब्यवस्था अनिवार्य कायान्र्वन गराउने लागेको उनले बताए । नेपाल औषधि ब्यवसायी संघ रुपन्देही शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार
उदघाटन गर्दै औषधी र उपचारको बिषयमा सही ज्ञान दिन यो कार्यक्रम उपयोगी हुने बताए ।

औषधी र रोगका बिषयमा अझै पनि नागरिकमा सचेतनाको कमी रहेको उनले दुःखेसो गरे । स्वदेशी उत्पादनलाई आत्मनिर्भर बन्ने गरी सरकारको नीतिको कारण लक्ष्यमा सफलता मिलेको उनले बताए । आम नागरिकको उपचारमा औषधी उत्पादक, डिलर, थोकखुद्रा विक्रेता, चिकित्सक सबैको आआफ्नो भूमिका र महत्व रहेको पन्थीले बताए । ब्यावसायिक हकहितको विषयमा संस्थागत पहल गर्नेमात्र नभई उपभोक्तामैत्री सेवा गर्न उनले सुझाव दिए ।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख भरतमणी पाण्डेले औषधी विशेष प्रकृतिको ब्यवसाय भएको बताए । ब्यवासायीहरुले आफ्नो पेशा ब्यवसायसंगै सामाजिक उत्तरदायित्वमा जोड दिनुपर्ने बताए । अनुमति प्राप्त ब्यक्तिबाट औषधि वितरण भए नभएको, सरकारी मापदण्डअनुसार भए नभएको अनुगमन हँुदा सहजतापुर्ण लिनुपर्ने उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष सुरज भट्टराईले आर्थिक वर्षको प्रगती विवरण पेश गर्दै ब्यवसाय हकहितसंगै समाजमा औषधिको सही प्रयोग बारे सचेतना कार्यक्रममा जोड दिएको बताए । वर्षभरि नै ब्यवसायीहरुलाई सीप अभिवृद्धि तालिमहरु चलाएको उनले बताए । लागू तथा मनोदिपक औषधीको प्रयोगमा विशेष जोड दिएको उनले बताए ।

कार्यक्रममा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेल, औषधि ब्यवस्था विभागका वरिष्ठ अधिकृत सन्जिव शर्मा कट्टेल, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, संघका उपाध्यक्ष खड्ग बहादुर बस्नेत, संघका विशेष सल्लाहकार बाबुराम भट्टराई, रोहितराज क्षेत्री, नेपाल औषधि ब्यवसायी संघ केन्द्रका (खुद्रा) रामप्रसाद खरेल, उपाध्यक्ष (थोक) सुनिल श्रेष्ठ, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, दाङ शाखाका अध्यक्ष विष्णु प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले मानव जीवनको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको ब्यवसाय हँुदा विशेष सतर्कता अपनाउनुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट उत्कृष्ट औषधी ब्यवसायी तेजराज राजभण्डारी, असल औषधी ब्यवसायी खुद्रातर्फ निश्चल फार्मेसीका पवित्रा पन्थी, थोक खेम ईन्टरप्राईजेजका ओमी पुनलाई सम्मान गरिएको थियो । स्वास्थ्य पत्रकारिताबाट पत्रकार विकास पराजुली, संघका कार्यसमिति सदस्य कृष्ण शर्मा पोखरेललाई सम्मान गरिएको संघका महासचिव पुरुषोत्तम भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?