Butwal Today

प्रदेश बक्सिङ खेलाडीलाई बिदाई

१९ चैत्र २०७९, आइतबार
अ+
अ-

बुटवल, १९ चैत ।

काठमाडौमा हुने चौथो वीर गणेशमान सिह राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिने लुम्बिनी प्रदेशका महिला तथा पुरुष बक्सिङ खेलाडीलाई बिदाई गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरुङ, भुपुसैनिक कल्याणकारी क्लबका उपाध्यक्ष मोमप्रसाद गुरुङ, पुर्व बक्सिङ खेलाडी मंगल राईले खेलाडीहरुलाई जर्सी र खादासहित बिदाई गरिएको हो ।

लुम्बिनी प्रदेशबाट पुरुषतर्फ ५१ केजी तौलमा भरत पुन मगर, ५७ केजी तौलमा मनसुब बस्नेत, ६३.५ केजी तौलमा नेत्र बहादुर थापा, ६१ केजी तौलमा विकास राना, ८० केजी तौलमा हेमराज रावत, ९२ केजी तौलमा सुजन थापामगर छनौट भएका छन् ।

यसैगरी महिलातर्फ ५० केजीमा शारदा न्यौपाने, ५४ केजी तौलमा माया खत्री, ५७ केजी तौलमा कल्पना पुन, ६० केजी तौलमा सुजन कुमारी कुमाल, ६६ केजी तौलमा बिमला श्रेष्ठ, ७५ केजी तौलमा जुनुमाया चौधरी छनौट भएका छन् ।

यसैगरी प्रशिक्षक बिनोद शेरचन, कुमार खाँण ठकुरी तथा ब्यवस्थापक टेक बहादुर पुनलाई बिदाई गरिएको हो । चैत २१ देखि २५ गतेसम्म हुने प्रतियोगितामा ३ विभागीय टिमसहित सात प्रदेशबाट खेलाडीहरुले भाग लिनेछन् ।