Butwal Today

गृहमन्त्री श्रेष्ठको पहिलो निर्णय : सुराकी खर्च कटौती गर्ने

१७ चैत्र २०७९, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

गृहमन्त्रीको शपथग्रहण र पदभार सम्हालेलगत्तै नारायणकाजी श्रेष्ठले पहिलो महत्वपूर्ण निर्णय गरेका छन्। उनले गृह मन्त्रालय सम्हालेलगत्तै सुराकी खर्च कटौती गर्ने निर्णय गरेका हुन्।

मन्त्री श्रेष्ठले सुराकी खर्च खारेज गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लाने निर्णय गरेका छन्। आज कार्यभार सम्हाल्दै उनले यसको प्रक्रिया तत्काल अघि बढाउने बताए।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नयाँ मन्त्रालय सम्हालेका हुन्।