Butwal Today

चैते दशैको अवसरमा दाङको अम्बिकेश्वरी मन्दिरमा भक्तजनको घुईचो (फोटो फिचर)

१५ चैत्र २०७९, बुधबार
अ+
अ-

दाङ, १५ चैत ।

दाङको प्रसिद्ध धार्मिक स्थल घोराही –१८ अम्बापुरमा रहेको अम्बिकेश्वरी मन्दिरमा दिनभर भक्तजनको घुइँचो लाग्यो । हिन्दु धर्मावलम्बीहरुले बुधबार चैते दशैँ पर्व मनाएका छन् । चैत्र शुक्ल अष्टमीमा शक्तिस्वरूपा भगवतीको आराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैते दशैंसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ ।

चैते दशैंमा दाङको अम्बिकेश्वरी मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ । बिहानै देखि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । यहाँ कुखुरा , हास र बोकाको बली दिइन्छ भने शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । तस्विर :रञ्जिता अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?