ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

पशुमा फैलिँदै लम्पी स्किन प्रकोप, किसान चिन्तामा

१५ चैत्र २०७९, बुधबार
१५ चैत्र २०७९, बुधबार

दाङ, १५ चैत ।

दाङमा पशुमा लाग्ने लम्पी स्किन रोगको प्रकोप बढ्दै गएको छ । खासगरी अहिले जिल्लाको बंगलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका केही वडालगायत पालिकामा रोगको प्रकोप बढेको पशुशाखाहरुको भनाई छ । भाइरसबाट सर्ने रोग लम्पी स्किनका कारण जिल्लाका विभिन्न पालिकाका स्थानीय किसान निकै चिन्तामा परेका छन् ।

भारत र बंगलादेशमा देखिएको यो रोग नेपालमा फैलिएको हो । लम्पी स्किन संक्रमणको उपचार हालसम्म पत्ता लागेको छैन । यसको रोकथामका लागि अरु पशुमा सर्नबाट रोक्नु रहेको पशु प्राबिधिकको भनाई छ ।

यो रोग दाङकोे बंगलाचुली गाउँपालिकाको वडा नम्बर ४, ५, ६, ७ र ८ मा बढी मात्रामा देखा परेको छ । रोगका कारण बंगलाचुली ७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नम्बर ८ पाँचपोखरीका तिलकराम घर्तीमगर, गोठीवनका गुमानसिंह घर्ती मगरका गाई र गोरु बिरामी परेका उपचारमा खटिएका पालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिए । उनका अनुसार पालिकाका करीव २ सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् ।

रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुने गरेको पशु शाखा प्रमुख नेपालीले बताए ।

जिल्लास्थित पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा बिरामी पशुको नमूना संकलन गरी क्षेत्रीय प्रयोग शाला सुर्खेत पठाएकोमा त्यहाँबाट लम्पी स्किन रोग पुष्टि भएको विज्ञ केन्द्रका भेटनरी अधिकृत भरत देवकोटाले जानकारी दिए । उनका अनुसार, यसको थप अनुसन्धानका लागि काठमाडौँ नमूना पठाईएको बताए ।

उता, राप्ती गाउँपालिकाको वडा नम्बर ५, ७, ८ र ९ का विभिन्न बस्तीहरुमा लम्पी स्किन रोगले पशु थलिएका छन् । यहाँ ३ सय ५० भन्दा बढी गाईगोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताए । उनका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नम्बर ५ को करंगेकोट, थकरीकोट, वडा नम्बर ९ को घोसखोला, देवीकोटलगायत स्थानमा एक साताभन्दा बढी समय लगाएर उपचार गरेको छ । अहिलेसम्म राप्ती गाउँपालिकाको रुपाकोट, घोसखोला लगायत स्थानमा ५ वटा पशु मरेका पशु सेवा शाखा प्रमुख पौडेलले बताए ।

लम्पी स्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ । “पहिले पहाडी क्षेत्रमा समस्या देखियो अब बिस्तारै तराई तिर सर्दै गएको छ,पशु सेवा विज्ञ केन्द्र प्रमुख सुदाम भट्टले भने, लम्पी स्किन एक प्रकारको बिफर जस्तै रोग हो । भाईरसका कारण रोग लाग्ने भएकाले उपचार छैन । रोकथामको प्रयास गर्ने हो । सबैभन्दा महत्वपूर्ण कुरा सावाधानी अपनाउनु नै हो ।”

“दाङ ल्याव छैन । सुर्खेत पठाउनुपर्छ, अहिलेसम्म यसरी नै काम चलेको छ । उता पनि नभ्याउने भए पछि केन्द्रमा पठाउने गरेको छ । यसले गर्दा पनि उपचारमा समस्या हुने गरेको छ” उनले भने, “यहाँ रोगले ग्रस्त बनाई सकेको हुन्छ, उता के भएको हो भन्ने थाहा पाउन लामो समय कुर्नु परिरहेको हुन्छ ।”

घोराही उपमहानगरपालिका वडा नम्बर १९ का पहाडी क्षेत्रमा पनि लम्पी स्किन रोगका कारण किसान मारमा परेका छन् भने पशुलाई सास्ती भएको छ भने राप्ती गाउँपालिकाको पहाडी क्षेत्रमा देखिएको लम्पी स्किनको संक्रमण २, ३ र ४ मा पनि देखा परेको पशु सेवा शाखाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?