ट्रेंडिंग:

>> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
विशेष समाचार

आहा ! मोतिगन्जको लोभलाग्दो मकै खेती, ६ सय कठ्ठाबाट ३२ परिवारले वर्षेनी ५० लाख कमाउंँदै

पकेट क्षेत्रमा परेपछि मकै खेती गर्ने किसानलाई परियोजनाले बिउ, मल, औजार सबैमा ५० प्रतिशत अनुदान दिएको छ । अर्थात मकै खेती गर्दा हुने कूल खर्चको आधा हिस्सा सरकारले दिन्छ । यसले गर्दा किसानहरु मकै खेतीतर्फ झनै आकर्षित भएका छन् ।
१५ चैत्र २०७९, बुधबार
१५ चैत्र २०७९, बुधबार

बुटवल, १५ चैत ।    दुई वर्ष अघिसम्म बुटवल–१४ मोतिगन्जमा धान र तोरी खेतीपछि अधिकांश खेत बांँझै रहन्थे । त्यहांँ भैसी चराइन्थ्यो । तर अहिले मोतिगन्जका खेत कतै पनि बांँझो देखिन्न । कतै घोंगा लागेका बेच्न तयार मकै त कतै भर्खर उकेरा लगाएका मकै खेतीले सिंगो गाउं हरियाली र मकैमय बनेको छ । गत वर्ष १० बिघामा गरिएको मकै खेती अहिले ६ सय कठ्ठा अर्थात ३० बिघामा विस्तार गरिएको छ । मोतीगन्जवासीले थोरैमा ४ कठ्ठा देखि बढीमा साढे २ बिघा खेतमा मकै खेती गरेका छन् । अन्य बालीबाट भन्दा राम्रो आम्दानी हुने भएपछि अरुको जग्गा लिजमा लिएर पनि मकै खेती गर्नेहरु थपिन थालेका छन् ।

गत वर्ष मिलिजुली कृषक समूहमा आवद्ध १६ परिवारले शुरु गरेको मकै खेतीले राम्रो प्रतिफल दिएपछि बुटवल उपमहानगरपालिका कृषि विकास शाखाको ध्यान तानिएर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत मकै पकेट विकास कार्यक्रममा मोतिगन्ज छनोट भएको छ । ‘पोहोर साल गाउंँका आफन्तहरु मिलेर १० बिघामा मकै खेती शुरु गरेका थियौं, त्यो राम्रो भएपछि उपमहानगर र वडाले मकै पकेट क्षेत्र बनाएको छ’–समूहका अध्यक्ष हरिप्रसाद खनालले भने–‘अहिले ३२ परिवारले मकै खेती गरेका छन्, जसमा ९ जना महिला र २३ जना पुरुष आवद्ध छन् ।’

मोतिगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकै खेती भएको बताए । ‘सकेसम्म पालैपालो फल्ने समय मिलाएर बाह्रै महिना उत्पादन बेच्न मिल्ने गरी फरक फरक जातका मकै लगाउने योजना छ’–खनालले भने । उत्पादन बृद्धि भएसंगै विक्रि हुन समस्या आउन सक्ने भएकाले बजारीकरणमा उपमहानगरले ध्यान दिनुपर्ने अध्यक्ष खनालको माग छ । ‘अरु कुराको समस्या छैन, उत्पादन धेरै हुंदा विक्रि नहुने हो कि भन्ने छ’–खनालले भने । खनालका अनुसार ६ सय कठ्ठामा भएको मकै खेतीबाट वर्षेनी करिब ५० लाख रुपैयां बराबरको आम्दानी गर्न सकिन्छ ।

यो कार्यक्रमका लागि बुटवल उपमहानगरपालिकाले ११ लाख २२ हजार रुपैयां अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगरा कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले बताए ।

‘मकै पकेट विकास कार्यक्रममा आवद्ध किसानलाई मल, बिउ, कृषि यन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको छ’–जीसीले भने–‘विक्रि नभएर बांकी रहेको मकै सुकेपछि आटो पिठो बनाएर उपभोग गर्न र बेच्न मिलोस् भनेर आटो पिठो बनाउने मेसिन किन्न पनि अनुदान दिएका छौं, यसले गर्दा उत्पादन खेर जाने सम्भावना कम हुन्छ ।’

मकै बिक्री गर्न उपमहानगरपालिकाले मकै पकेट सञ्चालन समन्वय समितिलाई हाटबजारका २ वटा सटर दिने सोंचमा रहेको शाखा प्र्रमुख जीसीले बताए ।

१३ कठ्ठामा मकै खेती गरेका स्थानीय यादव पराजुली मकै खेती गर्दा वहुआयामिक फाइदा भएको बताउंँछन् ।

 

‘एकातिर बांँझो रहने खेतले उत्पादन र आम्दानी दिएको छ, अर्कोतर्फ मकै खेती हुंदा गाई भैंसीलाई घांस र दाना पनि हुन्छ, दुध उत्पादन पनि बढ्छ’– पराजुली भन्छन्–‘वर्षेनी अरबौं रुपैयांको मकै विदेशबाट किनेर ल्याउनुको सट्टा यसरी देशभरि मकै खेती गर्ने हो भने बाहिरबाट किनेर ल्याउनु पर्थेन, देशको पैसा बाहिर जान्थेन ।’

मकै खेतीले पशु पालन र गोबर मलको उत्पादन बढ्न गई रासायनिक मलको आयात विस्थापित गर्न सक्ने पराजुली औंल्याउँंछन् । भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष १६ अर्ब २ करोड रुपैयाँ बराबरको ५ लाख ९० चार ९ सय ४१ टन मकै आयात भएको थियो । मकैबाट बनेका कर्नफ्लेक्स, कर्नफ्लोर लगायत वस्तु के–कति आयात हुन्छन्, लेखाजोखा छैन ।

मध्यपहाडी भूभागको करिब ७३ प्रतिशत, तराईको १७ र उच्च पहाडको १० प्रतिशत भूभागमा मकै खेती हुन्छ । कृषि तथा सहकारी मन्त्रालयको गत वर्षको तथ्यांकअनुसार मुलुकको ९ लाख ७९ हजार ७ सय ७६ हेक्टरमा गरिएको खेतीबाट २९ लाख ९७ हजार ७ सय ३३ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

‘सबै खेतीयोग्य जमिनमा मोतिगन्जमा जसरी नै खेती गर्ने हो भने वर्षेनी मकै आयातमा जाने अरबौं रकम जोगिएर ब्यापार घाटा कम गर्न सकिन्छ भन्ने उदाहरण मोतिगन्जवासीले दिएका छन्’–पराजुलीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?