ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

नेपालगञ्ज, १४ चैत ।

रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ ।

गत केही दिनयता भारतबाट फर्किनेहरूमा दैनिकजसो कोभिड सङ्क्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरूमाथि कडा निगरानी थालिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

हाल आएर दैनिकजसो कोभिडका बिरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरूलाई विशेष रूपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भइरहेको जमुनाहा प्रहरीका प्रहरी निरीक्षक दामु पुनले बताए ।

बाँकेमा गत केही महिना यता कोभिडका बिरामीहरू फेला परेका थिएनन् । तर, हाल आएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । नाकामा परीक्षण गर्दा सङ्क्रमित भेटिन थालेपछि नाकामा कडाइ गरेर परीक्षणलाई बढाइएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज वलीले बताए । उनले पछिल्लो समयमा जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किने शङ्कास्पदहरूको कोभिड परीक्षण गर्दा सङ्क्रमितहरू भेटिने क्रम बढ्दै गएको बताए ।

चैतको महिनामा मात्र हालसम्म जमुनाहा नाकामा २१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएकाले उनीहरूबाट अन्यमा पनि सङ्क्रमण फैलिने सम्भावना रहेको हुँदा नाकामा कडाइ गरिएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

नाकामा परीक्षण गर्दा सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकी बाहेक अन्य जटिल लक्षण नदेखिएको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ । सङ्क्रमण पुष्टि भएका सबैलाई नाकाबाटै सोझै सम्बन्धित जिल्लाका स्थानीय तहसँगको समन्वयमा होम आइसोलेसन बस्ने गरी घर पठाइएको छ । भारतबाट फर्किनेहरूमाथि निगरानी बढाउने र शङ्कास्पद सबैको परीक्षण गरेर मात्र छिर्न दिने व्यवस्था मिलाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । फेरि कोभिड सङ्क्रमण बढ्न थालेपछि सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?