ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सम्झौता कार्यान्वयन गर्न मुक्त कमलरीको माग

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

दाङ, १४ चैत ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी समक्ष मुक्त कमलरी, कमैया गायत सम्वद्ध चार संस्थाले विगतका सम्झौता कार्यान्वयन गर्न विद्यमान समस्या समाधानमा चासो दिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । मुक्त कमैया, कमलरी, हलिया र हरवाचरवाको वस्तुस्थितिबारे अध्ययन प्रतिवेदनले मुक्त कमैया तथा मुक्त कमलरीका विषयमा सिफारिस गरेका सुझावलाई अंगीकार गरी आवश्यक नीति तथा कार्यक्रमहरूमा परिवर्तन गर्न माग गर्दै मुख्यमन्त्री गिरी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य हुने वचन दिएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा पनि थप प्रोत्साहनका कार्यक्रम पनि समावेश गरी कार्यान्वयन गर्दै पुनस्र्थापना र दीगो व्यवस्थापनको प्रयास हुने बताए ।

ज्ञापन पत्रमा भनिएको छ, “मुक्त कमैया तथा कमलरी परिवारहरूले स्वतन्त्रतापूर्वक सम्मानजनक जीवन जिउन सक्ने गरी प्रदेशस्तरीय पुनःस्थापनाको एकीकृत प्याकेज निर्माण गर्न र सो कार्य गर्दा काम, ज्याला, समानता, स्वतन्त्रतासहित शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा सहितको दीगो जीविकोपार्जनको सुनिश्चितताको मागसहित ज्ञापन पत्र बुझाएका छन् ।

मुक्त कमैया, कमलरी, हलिया, हरवाचरवा सम्वन्धी वस्तुस्थिति अध्ययन समितिले तयार गरेको प्रतिवेदन अनुसार सरकारी तथ्यांकले बताएको अभिलेख भन्दा फरक रहेर मुक्त कमैया समाज केन्द्रीय समितिको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ९५ मुक्त कमैयाँ परिवारको पुनस्र्थापना हुन बाँकी रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाल सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा तथा २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । त्यसपछि शुरु भएको मुक्त कमैया पुनस्र्थापना कार्यले २७ हजार २१ मुक्त कमैया परिवार पुनस्र्थापित भएका छन् । जसमा लुम्बिनी प्रदेशमा १४ हजार ९७ मुक्त कमैया परिवारको पुनस्र्थापना भएको बताईएको छ ।

यस्तै, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २०७५–०७६ को तथ्यांक अनुसार लुम्बिनी प्रदेशका ३ जिल्लाका ४ हजार ७ सय ८६ कमलरीले परिचयपत्र पाउन बाँकी रहेको मुक्त कमलरी विकास मन्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन् ।

उनका अनुसार सो कार्य सम्पन्न लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने र पुनस्र्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । कमैया, कमलरीलाई सरकारले प्राथमिकतामा नराख्ने र सरकारी तथ्यांक भन्दा मुक्त कमलरी विकास मञ्चको २०७८ को तथ्यांकमा लुम्बिनी प्रदेशका १ हजार ५ सय ६१ कमलरी छुट भएको उनले बताइन् ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक अनुसार ९ हजार ४ सय ९० कमलरीको तथ्यांक लिइएको र ती मध्ये १ हजार १ सय ८० जनाले परिचयपत्र प्राप्त गरेको देखिएको हुँदा बाँकी रहेका काम अबिलम्ब पूरा गर्न प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउनु परेको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले जानकारी दिइन् ।

ज्ञापन पत्र बुझाउन मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष बिरुनी थारु, मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरी र मुक्त कमैया समाज लुम्बिनी प्रदेशका अध्यक्ष जागेश्वर चौधरीलगायत प्रतिनिधि टोली देउखुरी पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?