ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

भूमिहीनलाई दिइने लालपुर्जाको शुल्क घटाउन माग

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

बुटवल, १४ चैत ।

भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले लालपुर्जा लिँदा तिर्नु पर्ने शुल्क अत्याधिक भएकाले घटाउनुको विकल्प नभएको सरोकारवालाहरुले बताएका छन् । लुम्बिनी प्रदेश संवाद समूहले मंगलबार बुटवलमा आयोजना गरेको भूमि व्यवस्थापनमा नीतिगत चुनौती र समन्वय विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

अन्तत्र्रिmयामा बोल्दै भूमि आयोगका रुपन्देही अध्यक्ष हरि आचार्यले आफुले अध्यक्षको जिम्मेबारी पाएदेखि नै काम सुरु गरेको र धेरैजसो जग्गाको नापजाँचको काम सकिएको बताए । राजश्व बढी भयो भनेर लालपुर्जा नलगेको र सरकारले राजश्व घटाएमा रुपन्देहीमा १० हजार लालपुर्जा तत्काल वितरण गर्न सकिने बताए । जिल्लामा अहिलेसम्म ६८ जनाले मात्रै लालपुर्जा लगेको बताए । अध्यक्ष आचार्यका अनुसार रुपन्देहीमा भूमिहीन, दलित र अव्यवस्थित बसोबासीहरुको संख्या ७६ हजार ७२० जनाको लगत संकलन गरिएको बताए । जिल्लाका १६ पालिकामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा रहेका छन् ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जग्गा नापजाँच गर्न भूमिहिन दलित, सुकुम्बावासी र अव्यवस्थित बसोबासीहरुले ताकेता गर्ने गरेता पनि लालपुर्जा लिँदा लाग्ने शुल्क अत्यधिक भएकाले खुलेर लालपुर्जा चाहियो भनेर आउने नगरेको बताए । ‘नापजाँच छिट्टो गरिदिन भनेर भन्न त धेरै आउने गर्नु हुन्छ । तर शुल्क धेरै भएकाले खुलेर हामीलाई लालपुर्जा चाहियो भनेर आउने त कमै हुनु हुन्छ’–उनले भने । साथै सरकारले निर्धारण गरेको राजश्व बजार मूल्य बराबर भएकाले ८० प्रतिशत मिनाह गर्नु पर्ने उपमहानगरपालिका प्रमुख पाण्डेयले बताए ।

यस्तै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पनि लालपुर्जा लिंदा लाग्ने शुल्क धेरै हुनुका साथै सरकारले १० वर्षसम्म बेचविखन गर्न र नामसारी गर्न नपाउने व्यवस्था गरेकाले यसलाई सच्चाउनु पर्ने बताए । देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेलले राजश्व बढी भएका कारण बनेका लालपुर्जा पनि लिन नआएको बताए । ३÷४ सय लालपुर्जा तयार भइसके पनि शुल्क धेरै भएको भन्दै कसैले पनि लालपुर्जा नलगेको उनी बताउँछन् ।

सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको समस्या राष्ट्रकै समस्या रहेकाले सबै मिलेर अहिले देखिएको राजश्व लगायतका समस्याहरु समाधान गर्नु पर्ने बताए । नापी अधिकृतहरु अनिल मरासिनी र कपिल ज्ञवालीले १० वर्षसम्म भोग गरेको जग्गा राज्यले निर्धारण गरेको शुल्क तिरेर लालपुर्जा लिन सकिने बताए ।

२०५६ सालको आयोगले दोब्बर दस्तुर र २०७३ सालको आयोगले मूल्य बराबरको राजश्व निर्धारण गरेको बताउँदै यो आयोगले बजार मूल्यको ३० देखि ५० प्रतिशतसम्म राजश्व निर्धारण गरेको बताए । राजश्व धेरै भयो भनेर गुनासो आएपछि आफूहरु केन्द्रलाई जानकारी गराएको बताए । सो अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमान, सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारी, कञ्जन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, सियारीका अध्यक्ष थानेश्वर घिमिरे, शुद्वोधनका अध्यक्ष विष्णु वस्याल, गैडहवाका अध्यक्ष सुरेन्द्र पौडेल, रोहिणीका अध्यक्ष विध्या यादव, ओमसतियाका अध्यक्ष मञ्जित कुमार यादव, मायादेवीका अध्यक्ष धुर्वनारायण चौधरी, सम्मरीमाईका अध्यक्ष विनोद कुमार श्रीवास्तव, मर्चवारीमाईका अध्यक्ष गयाप्रसाद वरई लगायतले पुर्जा वितरण आफुहरुको पहिलो प्रथमिकतामा रहेको बताए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईले भुमिहीन र अब्यवस्थितको समस्या महत्वपूर्ण सवाल भएकोले तीनै तहको सरकारले मिलेर काम गर्नु पर्ने बताए ।

स्थानीय गिता पाण्डेले निर्वाचनको बेलामा सबैले लालपुर्जा दिन्छौँ भन्ने मुख्य चुनावी एजेण्डा गराउने गरे पनि जितेपछि समस्या समाधानका लागि वास्ता नगरेको बताइन् । साथै दलहरुले भूमिहिनहरुलाई भोट बैङ्कको रुपमा मात्रै प्रयोग गर्ने गरेको गुनासो गरिन् । अन्तक्र्रिया कार्यक्रममा वन कार्यालय, नापी, मालपोत, प्रशासन लगायतका कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो । सवाद समूहले यो सवालमा लुम्बिनी प्रदेशका सबै जिल्लामा कार्क्रम गरी सरोकारहरुलाई थप जिम्मेवार बनाउने कार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?