Butwal Today

बद्रीले तौलिहवा नचाए (फोटो फिचर)

१२ चैत्र २०७९, आइतबार
अ+
अ-

कपिलवस्तु, १२ चैत ।

कपिलवस्तुको तौलिहवामा जारी सातौं प्राचिन कपिलवस्तु महोत्सवमा कलाकार बद्री पंगेनीको प्रस्तुतीले दर्शक झुम्मिएका छन् । “कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन पर्यटन, कृषि उद्योग र व्यापार” भन्ने नाराका साथ चैत १ गते देखि शुरु भएको महोत्सवमा बद्रीले दर्शकलाई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

बद्रीले तिम्रो घरमा मेरी छोरी गितबाट प्रस्तुती शुरु गरेर कुरिती बिरुद्धको आवाजलाई बुलन्द बनाउने प्रयास गरे । त्यसपछि क्रमशः रातो पछ्यौरी, पानी सलल गितले दर्शक हौस्याएका उनले झ्याउरेको तालैमा गितलाई तौलिहवा सँग जोडेर मनोरन्जन गराए । चर्चित गित ससुरालीमा गाउँदै बुढा पाकालाई सगै नचाएका उनले गणतन्त्र, पैसा सापटी र ट्यानाकुटी ट्यानाकुटी झ्याई गरी कुल ८ वटा गितमा प्रस्तुती दिए ।

पंगेनीले पैसा सापटी गित गाउँदा दर्शकले मोबाईलको बत्ती बालेर उनलाई साथ दिए । आफ्नो प्रस्तुतीमा दर्शक जोड्न उनी सबै जसो गितमा दर्शक दिर्घा नजिक पुगि राखे । तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा तौलिहवा स्थित बुद्ध पद्यम माविको खेल मैदानमा सञ्चालित महोत्सवमा राष्ट्रिय कलाकारले बेजोड प्रस्तुती दिएको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक गयादिन कुर्मीले बताए ।

तस्विरहरुः खग प्रसाद चापागाई

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?