ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

जिल्ला सहकारी संघ लिमिटेड दाङले ६६ औँ सहकारी दिवस मनाउँदै

१२ चैत्र २०७९, आइतबार
१२ चैत्र २०७९, आइतबार

दाङ, १२ चैत ।

सहकारीको दिगोपना, स्वनियमन र सशासन” भन्ने मुल नाराका साथ दाङ जिल्लामा सहकारी दिवस मनाइने भएको छ । जिल्लाका पालिका स्तरमा, सहकारी संस्थाहरुले आफ्नो संस्थाहरुमा र घोराही उपमहानगरपालिकामा साताव्यापी कार्यक्रम सहित मूल समारोहका रुपमा मनाउने कार्यक्रम तय भए अनुरुप आगामी २० गतेसम्म राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो । जिल्ला सहकारी संघका उपाध्यक्ष माधव खनालको अध्यक्षतामा आइतबार पत्रकार सम्मेलन गरी दिवसका सन्दर्भमा गरिने कार्यक्रमका बारेमा जानकारी गराईएको छ ।

नेपालमा पहिलो सहकारी संस्थाको रुपमा २०१३ चैत २० गते चितवन जिल्लामा बखान ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको थियो । सोही दिनलाई आधार मानेर देशभर र दाङमा पनि हरेक बर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा पालिकाहरु र सबै सहकारी संस्थाहरुले दिवस मनाउनका लागि अनुरोध तथा निर्देशन जारी गर्ने, नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्र झिंगौरामा १६ गते खाद्यान्न सहयोग गर्ने र त्यसको संयोजन जिल्ला कृषि सहकारी संघ लिमिटेड, जिल्ला उपभोक्ता जिल्ला सहकारी संघ लिमिटेड र दाङ जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडले गर्ने, १७ गते रक्तदान कार्यक्रम गर्ने र त्यसको संयोजन जिल्ला बचत तथा ऋण सहकारी संघ र नेफ्स्कुन फिल्ड कार्यालय दाङले गर्ने तय भएको संघका सचिव शुक्रराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार चैत १८ गते शनिवार घोराही उपमहानगरपालिका भित्रका वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुलाई केन्द्रित गरी अन्तत्र्रिmया कार्यक्रम गर्ने र सो कार्यक्रमको संयोजन जिल्ला सहकारी संघ लिमिटेडले गर्ने, १९ गते अन्तर सहकारी हाजिरी जवाफ गर्ने र त्यसको संयोजन राष्ट्रिय सहकारी बैंक लिमिटेडले गर्ने भएको छ ।

यसैगरी, २० गतेको मूल समारोहले १० वटै पालिकाहरुमा गर्न पहल गर्ने, त्यसका लागि सबै पालिकाहरुलाई पत्राचार गर्ने तय भएको छ । जसअनुसार, घोराही उपमहानगरपालिकामा सहकारीको वर्तमान अवस्था र चुनौती विषयमा अन्तत्र्रिmया गर्ने गरी कार्यक्रम तय भएको उनले बताए । यसको संयोजन जिल्ला सहकारी संघ लिमिटेड र घोराही उपमहानगरपालिकाको सहकारी शाखाले गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

जिल्लामा हाल करिव ६ सय ३० सहकारी संस्थाहरु मध्ये संघमा १५३ बचत तथा ऋण, १८९ कृषि, १३ उपभोक्ता, २७ बहुद्देश्यीय, ५ विद्युत, १३ सामाजिक उद्यमी र अन्य प्रकृतिका १८, विषयगत संघ ४ गरी ४२२ सहकारी संघरसंस्थाहरु आबद्ध छन् ।

सहकारी मार्फत सहकारीले रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्दै गरिवी न्यूनिकरण, सदस्यहरुको सिप, क्षमता तथा नेतृत्व विकास, महिलाहरुद्वारा मात्र संचालित सहकारी संस्थाहरुको नेतृत्व विकास तथा आर्थिक, सामाजिक क्षेत्रमा पहुँच वृद्धि लगायतका विविध क्षेत्रमा उलेख्य योगदान योगदान गर्दै आएको जिल्ला सहकारी संघको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?