ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

‘राष्ट्रका लागि संगीत अभियात्रा’ टोली दाङमा

१० चैत्र २०७९, शुक्रबार
१० चैत्र २०७९, शुक्रबार

दाङ, १० चैत ।

‘राष्ट्रका लागि संगीत अभियात्रा’ लिएर जनवादी कलाकारहरुको टोली दाङ आईपुगेको छ । शहीदको सपना सम्झाउने, आर्थिक, सामाजिक, राजनीतिक अवस्था सुधार्ने अस्थिरताको अन्त्य गर्ने उद्देश्यसहित देश दौडाहामा निस्किएको जनवादी कालकारको टोली दाङ आईपुगेको हो ।

क्रान्ति, परिवर्तन र एकताका गीतहरु गुञ्जाउँदै देश परिवेशमा जनवादी कलाकारको टोलीले शुक्रबार घोराहीस्थित बहुउद्देश्यीय सभा गृहमा आफ्नो प्रस्तुति राख्नेछ ।

कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणि थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, टेक बलम्पाकी, चिरन पुन, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाख्रीन, कविता पुन, सन्ध्या मगर, कर्ण विद्रोही, साहित्यकार तथा जनवादी गायक नारायण शर्मालगायत स्थानीय जनवादी कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सबै प्रदेशमा कार्यक्रम गरेर देशमा एकताको सन्देश छर्ने उद्देश्यका साथ यात्राको थालनी गरिएको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

जनवादी गायक जीवन शर्माले भने, “हिजोका दिनबाट दुःखी गरिवका, झुपडीका गीत गाएर यहाँसम्म आईयो, अब यी पीडाका गीत गाउन नपरोस् भन्ने कामना हो, तर गाउन बाध्य हुनु परेको छ ।” राष्ट्रिय एकतालाई मजबुद बनाउन जनकलाकारले संगीत अभियात्रा थालनी गर्नु भनेको वामपन्थी विचारधाराका शक्तिहरु एक ठाउँमा उभिन सकून् भन्ने पनि रहेको उनको भनाई थियो ।

जनकलाकार एवं पूर्वमन्त्री मणि थापाले संगीतको माध्यमबाट सरकारको समालोचना गदै जनताको जनजीविकाका सवालमा आवाज उठाउँदै सरकारलाई जनउत्तरदायी बनाउने अभियान रहेको बताए ।

२००७ साल देखि हालसम्मको परिवर्तनमा कलाकारहरुको महत्वपूर्ण भुुमिका रहेको उल्लेख गदै उनले जनताले चाहे अनुुसारको परिवर्तन अझै हुन नपाएको बताए । पछिल्लो समयमा देशमा विदेशी संस्कृतिको प्रभाव नराम्ररी बढ्दै गएको हुँदा यो अभियान संस्कृति संरक्षण र कम्युुनिष्ट एकताको लागि पनि लक्षित रहेको बताए ।

चैत ४ गते कैलालीबाट शुुरु भएको अभियात्रा बिभिन्न ११ स्थानमा कार्यक्रम गरी बैशाख ५ गते काठमाडौमा कार्यक्रमको आयोजना गरी समापन गरिने उनले बताए । यसबीचमा बुटवल, चितवन, हेटौडा, बर्दिबास, सुनसरी, पोखरालगायत स्थानमा कार्यक्रम हुने उनको भनाई छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?