ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

५ सय बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाउने ५ जना पक्राउ

८ चैत्र २०७९, बुधबार
८ चैत्र २०७९, बुधबार

काठमाडौँ ।

५ सयजना भन्दा बढी तिब्बतीयनलाई नेपाली नागरिकता दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको बबरमहल क्षेत्रमा महानगरीय अपराध अनुसन्धान महाशाखाले तिब्बतीयनलाई नेपाली नागरिकता दिलाउने गिरोका नाइके कृष्णबहादुर कटुवालसहित पाँचजनालाई पक्राउ गरेको हो।

उनीहरुलाई महाशाखाले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। ‘निश्चित रकमको चलखेल गरी सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत कीर्ते गरी झुटा लिखत तथा नक्कली सिफारिस गरि गैरनेपाली व्यक्तिहरुको सक्कलै नेपाली नागरिकता समेत बनाइदिने गरेको भन्दै उजुरी परेपछि छानबिन थालेका थियौँ’, महाशाखाले भनेको छ, ‘सोमबार बबरमहलबाट कृष्णबहादुर कटुवालसहित पाँचजनालाई पक्राउ गरिएको छ।’

प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको नक्कली नागरिकता, शैक्षिक संस्थाको प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्याहरुको सिफारिस पनि बरामद गरेको छ।

यो गिरोहले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ सय बढी तिब्बतीयनलाई नागरिकता दिलाउन सफल भएको पनि खुलासा प्रहरीको अनुसन्धानबाट भएको छ।

पक्राउ परेका कटुवाल क्यान्टिन सञ्चालक हुन्। त्यसैगरी कटुवालसँगै न्युतकेश श्रेष्ठ र विजय लामा पक्राउ परेका छन्। उनीहरु समातिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयका काडमाडौंका कर्मचारीमाथि निगरानी थालेको छ।

लामा ९ वर्ष अघिदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको खुलेको छ। उनैले जिल्ला प्रशासनमा मिलाउनुपर्ने कामको जिम्मा लिने गरेका थिए। उनले भित्र मिलाउनुपर्ने भन्दै कटुवालसँग एउटा नागरिकता बराबर १ लाख ५० हजारसम्म लिने गरेको पाइएको छ।

त्यसैगरी पक्राउ पर्नेमा एकजना तिब्बतीयन शरणार्थी पनि छन्। लोब्साङ ठिन्ले नाम गरेका उनी तिब्बतीय शरणार्थी क्याम्पमै बस्छन्।

उनले यही फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठिन्ले गुरुङको नामबाट काठमाडौं महानगरपालिका १७ स्थायी ठेगाना राखेर २७-०१-७१-१५९०१ को नागरिकता नै लिएको खुलेको छ। प्रहरीले नागरिकता लिएका २५/३० जनाको सक्कलै नागरिकता प्रमाणपत्र पनि बरामद गरेको छ।

पक्राउ परेका कटुवाल यसअघि पनि कीर्ते र ठगीमा सजाय पाएर छुटेका व्यक्ति रहेको खुलेको छ। उनले ५/६ वर्षको अवधिमा ५ सयभन्दा धेरै व्यक्तिलाई नागरिकता दिलाइसकेको कुरा प्रहरीले पत्ता लगाएको छ। यो घटनामा अन्य ५ व्यक्तिको पनि संलग्नता पाइएपछि उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

अर्का पक्राउ परेका नेपाली नागरिक न्युत्केश श्रेष्ठ र कटुवालले पिङछुङ शेर्पा नामकको नक्कली नगारिकता बनाइ प्रति पटक १० हजार भाडामा दिई बुवाको रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर सनाखत गर्ने गरेको पनि पत्ता लागेको छ।

श्रेष्ठले हालसम्म तिब्बतीयन शरणार्थीहरु सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कली नागरकिता बनाउन नक्कली बुबा बनेर सहयोग गरेको खुलेको छ। उता कटुवालले तिब्बतीलाई नेपाली नागरिकता दिलाउँदा प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिएको पाइएको छ।

यो प्रकरणमा गैरनेपालीलाई नेपाली तिब्बतीय शरणार्थीलाई सक्कली नागरिकता दिलाउने कार्यक्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यसरी नागरिकता उपलब्ध गराएको आशंकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाल कर्मचारीहरुमाथि पनि अनुसन्धान थालिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?