ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फोहरमैला ब्यवस्थापन गरी आम्दानी गर्दै

८ चैत्र २०७९, बुधबार
८ चैत्र २०७९, बुधबार

दाङ, ८ चैत ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले स्वास्थ्यजन्य फोहरमैला ब्यवस्थापन गरेर मासिक ४० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । अस्पतालबाट निस्कने फोहर ब्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यजन्य फोहरमैला ब्यवस्थापन गरेर प्रतिष्ठानले मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरिहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले जानकारी दिए । स्वास्थ्यजन्य फोहरमैला ब्यवस्थापनमा भइरहेको प्रगतिबारे जानकारी दिन बुधवार प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यमान स्वास्थ्य मापदण्डलाई पालना गरेर गुणस्तरीय सेवा दिइरहेको जानकारी गराइएको थियो ।

पछिल्लो डेढ बर्षदेखि प्रतिष्ठानले छुट्टै इकाई स्थापना गरी प्रशोधन गर्ने आत्याधुनिक उपकरण मार्फत फोहरलाई अलग अलग गरी निर्मलीकरण गर्ने काम गरिहेको र उक्त फोहरबाट आम्दानी समेत भइरहेको लामिछानेले जानकारी दिए ।

सेवा प्रवाहका क्रममा उत्पादन हुने फोहर संकलन गरी त्यसको उचित ब्यवस्थान गर्न प्रतिष्ठानले योजनावद्ध ढंगले काम गरिहेको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा स्वास्थ्यजन्य फोहर मैला ब्यवस्थापनमा भइरहेको कार्यबारे प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले प्रकाश पारेका थिए ।

नेपाल सरकार र जीआइजेडको प्राविधिक सहयोगमा भइरहेको स्वास्थ्यजन्य फोहर मैला ब्यवस्थापन कार्यक्रममा भइरहेको प्रगतिका बारेमा वेस्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत सन्तोष पौडेलका साथै सो सर्भिसका दिपेन्द्र उप्रेती, फिल्ड कोअर्डिनेटर केशव खड्काले कार्य प्रगतीबारे प्रकाश पारेका थिए । कार्यक्रममा एकिकृत स्वास्थ्य फोहरमैला प्रवद्र्धनको अवस्था, नेपालमा फोहर ब्यवस्थापनका बिषयमा भइरहेका अभ्यास, स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा निस्कने फोहर, त्यसको जोखिम र ब्यवस्थापनमा गर्नुपर्ने उपायका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले श्रोतमै फोहर घटाउनु पर्ने, फोहर ब्यवस्थापनका लागि स्थानीय सरकारले गर्नुपर्ने सहयोग र संस्थाहरुले पनि समन्वय गर्नुपर्ने, फोहर ब्यवस्थापनका लागि स्वास्थ्य संस्था स्वयंले गम्भीर ढंगले योजना बनाई लाग्नुपर्ने, मानिसहरुको ब्यवहारमा सुधार ल्याउनुपर्ने लगायत कुरामा जोड दिएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले थालेको उहाहरणीय कार्यमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । सात दिन सम्म चल्ने छलफल कार्यक्रममा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई चरणबद्ध रुपमा तालिम गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति एंव शिक्षाध्यक्ष डा. वसन्त लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?