ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
मुख्य समाचार

उफ ! बुटवल, वाह ! तिलोत्तमा

बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने राजमार्ग चौराहदेखि चिडियाखोलासम्म पुग्नेले ‘छ्या बुटवल’ भन्छन् भने चौराहदेखि तिलोत्तमा हुँदै भैरहवा पुग्ने यात्रुले ‘वाह बुटवल’ भन्छन् ।
७ चैत्र २०७९, मंगलवार
७ चैत्र २०७९, मंगलवार

बुटवल ।

बुटवल–भैरहवा सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिका क्षेत्रमा पुग्दा जति आनन्दित र रमणीय लाग्छ, त्यसको ठिक विपरित पट्यारलाग्दो र लज्जास्पद हुन्छ बुटवल उपमहानगर क्षेत्रमा पुग्दा । उही ६ लेनको सडक, उस्तै बजार क्षेत्र तर यी दुई स्थानीय तहको सडक क्षेत्रको तुलना आकाश र धर्तीजस्तै छ ।

बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने राजमार्ग चौराहदेखि चिडियाखोलासम्म पुग्नेले ‘छ्या बुटवल’ भन्छन् भने चौराहदेखि तिलोत्तमा हुँदै भैरहवा पुग्ने यात्रुले ‘वाह बुटवल’ भन्छन् । तिलोत्तमा र बुटवल उपमहानगर क्षेत्र रुपन्देही जिल्लाका फरक फरक स्थानीय तह भएपनि बाहिरी जिल्लाका नागरिकले शहरको नामबाट परिचित ‘बुटवल’ भनेरै बुझ्ने गर्छन् ।

अस्तव्यस्त र धुलाम्मे देखिएको बुटवलको सडक

बुटवल–भैरहवा ओहोरदोहोर गर्ने यात्रुहरुको मोवाइलमा तिलोत्तमा सडक क्षेत्रको झिलिमिली बत्ती, स्पर्श गर्दा पनि फोहोर लाग्ने जस्ता चिल्ला सडक, दायाँबायाँ सजिएर बसेका बेगनबेली फूलहरु र फूटपाथमा पैदल हिडेका यात्रुहरुको तस्विर र भिडियो कैद हुन्छन् । सवार गरिरहेका यात्रुहरु प्रशंसा गर्दै गन्तव्यमा पुग्छन् । उनै यात्रुहरुले मोवाइलमा कैद गर्दै आइरहेको तस्विर र भिडियो भने राजमार्ग चौराहदेखि चिडियाखोलाको दुरीमा पुग्दा रोकिन्छ ।

वर्षौदेखि बुटवल उपमहानगर क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको ६ लेन सडककै कारण सिंगो बुटवललाई ‘ लज्जास्पद’ बनाइरहेको हो । सडक निर्माण उपमहानगरको क्षेत्राधिकार भित्र पर्दैैन तर उपमहानगरले कार्यान्वयन गर्ने निकायलाई दवाव र चासो दिन सक्छ । तर, निर्वाचित जनप्रतिनिधिहरु अहिले ‘काँनमा तेल’ हालेर बसेका छन् । नागरिकहरुको पीडामा उनीहरु संवेदनशिल नभएको नागरिकहरु गुनासो गर्छन् । सस्तो लोकप्रियताका लागि चुनाव जितेको जोसमा सुरुवाती महिनामा मेयर, उपमेयर रातीमा पनि सडकमा आएर तमासा देखाएपनि उनीहरु अहिले मौन रहेको नगरक्षेत्रमा रहेका उद्योगी, व्यवसायीको गुनासो छ । समयमै सडक नबनेकै कारण सयौँ व्यवसायीहरु धरासायी हुने खतरामा छन् ।

सुन्दर र रमणिय देखिएको तिलोत्तमा क्षेत्रको सडक

उपमहानगरमा अहिले खेलराज पाण्डेय मेयर छन् । उनै पाण्डेय हुन्, जो यसअघिका मेयर शिवराज सुवेदीको कार्यकालमा उपमहानगरले केही गरेन भनेर चर्को स्वरमा विरोध गर्दै हिड्ने गर्थे । आफू नेतृत्वमा हुँदा पनि उनले केही गर्न नसकेको नगरबासीहरुको दुःखेसो छ । पाण्डेयकै नगरक्षेत्रमा भइरहेको ढिलासुस्ती सडक निर्माणकै कारण सिंगो बुटवल लज्जित मात्र भइरहेको छैन, नागरिकहरु विभिन्न रोगको शिकार समेत बन्ने गरेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार उपमहानगरले दैनिक औसतमा पाँच जना क्यान्सर रोगीका विरामीहरुको औषधीउपचारका लागि विभिन्न निकायमा सिफारिस दिने गरेको तथ्यांक छ । जसको मुख्य कारण यही निर्माणाधीन सडक क्षेत्रबाट निस्किने धुलो, धुँवा र हिलो भएको पन्थीको प्रतिक्रिया छ ।

तिलोत्तमा नगरपालिकाले सडक सौन्दर्यताका लागि अथाह बजेट पनि खर्च गरेको होइन, चार÷पाँच लाख रुपैयाँ बजेटको परिधिभित्रै यो सवै काम संभव भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । हरियाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६ लेन सडक क्षेत्रमा सौन्दर्यता भएको उनको प्रतिक्रिया छ ।

नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख युवराज पन्थीका अनुसार नगरपालिकाका १७ वटै वडामा सरसफाईकर्मी खटाएर फोहोर व्यवस्थान गर्ने गरिएको छ । ६ लेन सडक क्षेत्रमा करिव पाँच सय वटा विभिन्न प्रकृतिका विरुवाहरु रोपिएको पन्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?