ट्रेंडिंग:

>> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै

क्रिकेट कप्तान रोहितलाई नगद सहित सम्मान

७ चैत्र २०७९, मंगलवार
७ चैत्र २०७९, मंगलवार

बर्दघाट, ७ चैत ।

नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई एक कार्यक्रमका बीच बर्दघाट नगरपालिकाले सम्मान गरेको छ ।

काठमाडौमा सम्पन्न नेपाल, पपुवा न्यु गिनी र युएई सम्मिलित एकदिवसिय क्रिकेटमा युएइलाई पराजित गर्दै विश्वकप छनौट प्रतियोगितामा नेपाल प्रवेश भएसँगै टिम कप्तान समेत रहेका बर्दघाट नगरपालिका वडा नम्बर १४ निवासी पौडेललाई नगरपालिकाले नगद ५१ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका बर्दघाट नगरबासी पौडेलले खेलेको भन्दै प्रशंसा गरेका थिए । उनले क्रिकेटको लागि मैदानको ब्यवस्थापन हुन नसक्दा खेलाडीलाई केही अप्ठेरो भएको बताउँदै नगरले जग्गा ब्यवस्थापन गरी क्रिकेट मैदान बनाउन पहल गर्ने बताए ।

सम्मान कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मान गरेकोमा आभार ब्यक्त गर्दै स्थानीय स्तरमा खेलाडी उत्पादनमा भौतिक पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । उनले खेल मैदानको ब्यवस्थापन र खेलक्षेत्रमा पनि नगरले लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले सबैलाई एकजुट गराउने खेल क्षेत्रमा लगानी गर्नुपर्ने र खेलाडीलाई उचित तालिमको ब्यवस्थापन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता सन्तु गाहा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

मंगलबारै लायन्स क्लव अफ नवलपरासी दाउन्नेले पनि कप्तान पौडेललाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । यसअघि नवलपरासीका विभिन्न सँघसँस्थाहरुले सम्मान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?