ट्रेंडिंग:

>> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो
२२ औ संस्करणको तिलोत्तमा गोल्डकप

सुदूरपश्चिम शानदार जितसँगै अन्तिम चारमा

४ चैत्र २०७९, शनिबार
४ चैत्र २०७९, शनिबार

बुटवल, ४ चैत ।

बुटवलमा सुरु भएको तिलोत्तमा गोल्डकप प्रतियोगिता २०७९ को २२ औं संस्करणको उद्घाटन खेलमा सुदुरपश्चिम ११ शानदार जितसंगै अन्तिम चारमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम अन्तिम चारमा प्रवेश गरेको हो ।

सुदुरपश्चिम ११ को सेट टिमसंग रुपन्देही ११ का खेलाडीहरुको प्रदर्शनबाट दर्शक निराश भए । देबिनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमको जितमा फागुराम थारु नायक रहे । शुरुवाती ९ औ मिनेटमा रुपन्देहीले पाएको राम्रो अवसर गोलमा परिणत गर्न सकेन । २० औ मिनेटमा सुदुरपश्चिम मुकुल शर्मा रुपन्देहीको डिफेन्स लाईनलाई पार गर्दै वन भर्सेस वनमा गोल गर्नबाट चुके । सुदुरपश्चिमका फागुराम थारुले ३१ औ मिनेटमा गोल गर्दै टिमलाई खेलमा अग्रता दिलाए ।

डिबक्स बाहिर पाएको फ्रिककलाई थारुले बार च्यापेर गरेको प्रहार गोलमा परिणत भयो । रुपन्देहीका गोलकिपर दिपेश परियार बिट भए । पहिलो हाफ १ गोलले पछि परेको रुपन्देहीले दोस्रो हाफमा झन फितलो प्रदर्शन गर्यो । खेलको ३८ औ मिनेटमा टिकाराज गुरुङले गरेको प्रहार सुदुरपश्चिमका गोलकिपर आकाश बुढाको हातमा गयो । खेलको ४७ मिनेटमा सुदुरपश्चिमबाट समया हार्दिक अर्को गोल थप्दै टिमको अग्रता दोब्बर बनाए । रुपन्देहीका मनोज श्रेष्ठले खेलको १६ औ मिनेटमा मिडबाट गरेको प्रहार सिधै गोलकिपरले क्याच गरे । खेलको २४ औ मिनेटमा सुदुरपश्चिमका फागु थारुले तेस्रो गोल थपे । ३० औ मिनेटमा मैदान छिरेको रुपन्देहीका बलराम न्यौपानेले डिफेन्सलाई छक्याउँदै गरेको प्रहार पोष्ट बाहिर गयो । अन्तिम मिनेटमा आयोजकबाट पेनाल्टी शुटआउटमा फोडे फोफानाले सान्त्वना गोल गरे । खेलमा सुदुरपश्चिम ११ का फागु थारु म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, रुपन्देही जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना, यशोदा फुड्स प्रालि, त्रिमुर्ति ईण्डष्ट्रिज प्रालीको मुख्य प्रायोजनमा दुई विभागीयसहित ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैया नगद पुरस्कार पाउने छन् । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन । प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैया पुरस्कृत गरिने छ । आईतबार हिमालयन शेर्पा र थ्री स्टार बीच खेल हुनेछ ।

एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले प्रतियोगिताको उदघाटन गर्दै खेलाडीलाई ब्यावसायिक बनाउने गरी सरकारबाट आवश्क लगानी गर्ने बताए । स्थानीय सरकार खेल पूर्वाधार र खेलाडीको क्षमता विकासका कार्यक्रममा जोड दिदै आएको बताए । उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगदसहित सम्मानका कार्यक्रमहरु जोड्ने गरी अभियानहरु थालेको उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसीले कोभिड संक्रमणकै कारण रोकिएको प्रतियोगितालाई निरन्तरता दिन पाउनु विशेष भएको बताए । प्रतियोगिता सम्पन्न गर्न स्थानीय सरकारबाट ३५ लाख रुपैयाँ तथा प्रदेश खेलकुद परिषद लुम्बिनीबाट १० लाख रुपैयाँ सहयोग प्राप्त छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?