ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

अक्सफोर्ड माविद्वारा विश्वविद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीलाई सम्मान

४ चैत्र २०७९, शनिबार
४ चैत्र २०७९, शनिबार

बुटवल, ४ चैत ।

अक्सफोर्ड मावि बुटवलले विद्यालय तह पूरा गरी विश्वविद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीद्वारा आजोजना गरिएको कार्यक्रममा कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीलाई मणिग्राममा शुभकामना तथा सम्मान गरेको हो । अक्सफोर्ड माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको राष्ट्रिय परीक्षा बोर्ड बुटवल शाखा प्रमुख रोमाकान्त तिवारीले उदघाटन गरेका थिए ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ को परीक्षाको तयारी गरेका विद्यार्थीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार तथा अक्सफोर्ड विद्यालयको गीतका गायककार प्रमोद खरेलले विभिन्न गीतहरूमा प्राध्यापक, विद्यार्थी तथा कर्मचारीलाई छमछमी नचाएका थिए । शुभकामना कार्यक्रममा खेल सप्ताह तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियोे ।

करिब ३५ सय जना विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले आ –आफ्ना नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका रोमाकान्त तिवारीले अक्सफोर्ड मावि राष्ट्रकै उत्कृष्ट विद्यालयको रूपमा पहिचान बनाउन सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट र सिर्जनात्मक बनाउनेतर्फ लाग्न सम्पूर्ण व्यवस्थापन पक्षलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगत केही बर्षदेखि अक्सफोर्ड माविले राष्ट्रियस्तरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको चर्चा गर्दै यसको गरिमालाई जोगाउन आफुहरू निरन्तर लागेको उल्लेख गरे । कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीले समेत यो गरिमा जोगाउन कटिबद्ध रहन उनले आग्रह गरे । पुरस्कार वितरण तथा शुभकामना कार्यक्रममा बोल्दै प्राध्यापक सुमन भुसालले प्राध्यापक, विद्यार्थी तथा अभिभावकको मेहनतको कारण छोटो समयमै अक्सफोर्ड मावि राष्ट्रमै उत्कृष्ट बन्न सकेको चर्चा गर्दै संस्थाको गरिमालाई जोगाउन र संस्कार सहितको शिक्षालाई स्थापित गर्न तन, मन र वचनले लागेको भन्दै कक्षा १२ को परीक्षाको तयारी गरेका विद्यार्थीलाई शुभकामना ब्यक्त गरे । कार्यक्रममा विभिन्न क्षेत्रमा अमूल्य योगदान गर्ने प्राध्यापकहरू महेश शर्मा, केशव भट्टराई, कृष्णप्रसाद पाण्डे, लक्ष्मण घिमिरे, विष्णु बस्याल, विपत चौधरी, थानेश्वर भण्डारी, दिवाकर रेग्मी, प्रदिप ज्ञवाली, झविन्द्र मरासिनी, थानेश्वर भण्डारी, सन्जय मरासिनी, गोविन्द गौतम, राजकुमार पाण्डे, सुशील खनाल, विष्णु खनाल, अनिल न्यौपाने र बालकृष्ण प्रोखरेललाई दोसल्ला, मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरिएको थियोे ।

त्यस्तै १० बर्ष भन्दा लामो समय सेवा गर्ने प्राध्यापक रामेश्वर ज्योती, वीर बहादुर क्षेत्री तथा कर्मचारीहरू तेज बहादुर आले, विष्णु बहादुर सिंन्जाली र ज्ञान बहादुर थापालाई दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियोे । कार्यक्रममा प्राध्यापकद्वय विष्णु खनाल, वीरबहादुर क्षेत्री तथा विद्यार्थीद्वय प्रशान्न केसी, सुदीक्षा भट्टराई लगायतले पनि बोलेका थिए भने प्राध्यापक नारायण सापकोटाले मिठो कविता मार्फत विद्यार्थीहरूलाई शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवल शाखा अधिकृत बाबुराम भण्डारी, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, अक्सफोर्ड मावि सञ्चालक समिति सदस्य ललित खरेल, लेखा समिति संयोजक रोषराज भण्डारी, प्राध्यापक दिवाकर रेग्मी, थानेश्वर भण्डारी, गोविन्द गौतम, सन्जय मरासिनी, माया घिमिरे, नारायण सापकोटा, प्राध्यापक वीर बहादुर क्षेत्री, धर्म पौडेल लगायत सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?