ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

२ चैत्र २०७९, बिहीबार
२ चैत्र २०७९, बिहीबार

काठमाडौं ।

घरेलु मैदानमा संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि कीर्तिमानी जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको छ। घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो।

नेपालले पहिलो पटक ओडिआइ ग्लोबल क्वालिफायर खेल्न लागेको हो।  नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ।

नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पराजित युएईले पनि विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ छनोट खेल्नेछ।

सिरिजको पहिलो खेलमा युएईलाई हराउँदै नेपालले आगामी ४ वर्षका लागि ओडिआइ मान्यता जोगाएको थियो।

योसँगै लिग २ का सबै खेल सकिएका छन्। नेपालले सन् २०२० को फेब्रुअरीमा अमेरिका र ओमानसँग खेल्दै लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो।

नेपालले युएईलाई डिएल मेथडमा २ रनले हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ।

युएईले दिएको ३ सय ११ रनको लक्ष्य नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदा २६९ रन बनाउँदा डिएल मेथडको आधारका २ रनले जित निकालेको हो।

गुलसनले ओडिआइमा पहिलो अर्धशतक प्रहार गरेका हुन्। गुलसनले ४८ बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरे।

नेपालको जितमा चार खेलाडीले अर्धशतक बनाए। ओपनर कुशल भुर्तेल ५० रनमा क्याच आउट भए। ३५ बलको सामना गरेका कुशल ३ चौका र ४ छक्का हान्दा क्याच आउट भए।

भीम सार्की ६७ रनमा एलबीडब्लु धरापमा परे। ७६ बलको सामना गरेका उनले ९ चौका हन्दा जुनैद सिद्दीकीको बलमा एलबीडब्धु धरापमा परे। पाँचौ विकेटका लागि भिम सार्की र आरिफ शेखले ८३ रनको साझेदारी गरे। छैटौँ विकेटका लागि अरिफ शेख र गुलसन झाले ४४ रनको साझेदारी गरे।

आरिफ शेख ५२ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल १६ रनमा क्याच आउट हुदै पवेलियन फर्के।  त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३  सय १० रनको योगफल तयार पारेको थियो।

छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए। युएईका आशिफ खान १०१ रनमा नटआउट रहे। विष्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने।

ओपनर आयान लाक्रा ६ रनमा आउट भए। कप्तान मुहम्मद वसिम ६३ रनमा एलबीडब्लु धरापमा परे। ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले पवेलियनको बाटो देखाए।

चुन्दनगापोयिल रिजवान ३ रनमा क्याच आउट भए। रोहन मुस्तफा २० रन बनाउदा दिपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे। नेपालका दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए। ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे। कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे।

दिपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए। सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट आफ्नो नाममा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?