Butwal Today

आईसीसी लिग २ : यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, करणको स्थानमा गुलसन

२ चैत्र २०७९, बिहीबार
अ+
अ-

 काठमाडौँ ।

आईसीसी विश्वकप त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। अलराउण्डर करण केसीको स्थानमा गुलसन झालाई मौका दिएको छ।

लिग २ को अन्तिम खेलमा नेपालले आज युएईलाई पराजित गरे सोझै विश्वकप छनोटमा स्थान बनाउनेछ।

हार वा कारणवस बराबरीको नतिजा आएपनि नेपालले प्लेअफको बाटो हुँदै विश्वकप छनोटमा स्थान बनाउनु पर्नेछ।