ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

नवाहा देवी भागवत महायज्ञको तयारी तीव्र

१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

बुटवल, १ चैत ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मानपकडीस्थित श्री दरबाहवा भुवनेश्वरी कोटहीमाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा नवाहा देवी भागवत महायज्ञ हुने भएको छ । यही चैत ८ गते देखि १६ गते सम्म महायज्ञ सञ्चालन हुन लागेको हो । श्री दरबाहवा भुवनेश्वरी कोटहीमाई मन्दिरको प्राङ्गणमा चैतेदशैको अवसरमा महायज्ञ हुने र प्रमुख कथा वाचक ऋषिकेश उपाध्यायले श्रीमद् देवीभागवत पुराण वाचन गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीले बताए ।

बुधबार पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी गराइएको हो । पुरानो ऐतिहासिक दरबहवा भुवनेश्वरी कोटहीमाई मन्दिरको प्रचारप्रसारमा कमीकमजोरीका कारणले मन्दिर ओझेलमा रहेको कारण मन्दिरलाई विश्वमाझ ल्याउन र मन्दिरलाई ब्यवस्थित गर्न एउटा पर्यटकीय स्थानको सुरुवात गर्न मन्दिरको परिसरमै धर्मशाला निर्माण कार्यको मुख्य उद्देश्यले नवाहा देवी भागवत महायज्ञको आयोजना गरिएको उनले बताए । मन्दिरको पहिचान बारेमा लुम्बिनी प्रदेश, रुपन्देही जिल्लाको सदरमुकाम भैरहवादेखि २२ कि.मि. पश्चिम उत्तर ऐतिहासीक बुटवल नगरीदेखि १८ कि.मि. दक्षिण पश्चिममा शुद्धोधन गाउँपालिका स्थित प्राचीन एवं एतिहासिक शक्तिपिठ कोटहीमाई प्रचारप्रसारको अभावमा ओझेलमा परेको बुढाथोकीको भनाई छ । यस क्षेत्रको प्राचिन एतिहासिकतालाई मध्यनजर गरी नेपाल सरकार पुरातत्व विभागले २०७५ फागुनमा अध्ययन पश्चात करिव १३ सय वर्ष पुरातन हुनुपर्ने अवलोकन गरेको र उक्त विभागले आफ्नो बोर्ड समेत राखेको अवस्था रहेको र गौतम बुद्धको जन्मभुमि लुम्विनीसंग मिल्दाजुल्दा ईट्टाबाट बनेका प्राचिन पर्खाल मन्दिरको पश्चिम उत्तरतर्फ आज पनि प्रत्यक्ष अवलोकन गर्न सकिने छ । यस मन्दिर परिसरको नजिक ७ वटा कुवा रहेको थियोे भन्ने पुराना बुढापाकाहरुको भनाई रहेता पनि २ वटा कुवा आज पनि देखिन्छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमामा १ हप्ते बृहत रुपमा मेला पनि लाग्ने गर्दछ । मेलाको स्नानलाई सिद्धिपिठ मानेर भक्तजनहरु आफ्ना मनोकामना पूर्ण गर्नका लागि यहाँ विभिन्न जिल्ला र छिमेकी देश भारतबाट पनि भक्तजन हरु आउने गर्दछन् । मन्दिरको उत्तर पश्चिम तर्फ पानीको प्रवाह निरन्तर भएको देखिन्छ । यो नदी कहिल्यै सुकेको पाईदैन । बुटवलबाट प्रवाहित हुने तिलोत्तमा नदी पहिले मोतिपुर, मनोहरापुर, गौडी हुदै यहाँ बग्दै आउने गरेको र बुढी तिनाउ पनि भन्ने गरेको पाईन्छ । कालान्तरमा उक्त नदी पुर्व पश्चिम तर्फ सर्न थालेपछि र यहाँ पानीको माथिल्लो श्रोत नभएपनि रजाढदेखि यता पानीको श्रोत बाह्रै महिना निरन्तर रहिरहेकोले यसलाई स्थानीय भाषामा सुखली नदी पनि भन्ने गरिएको छ ।

परापुर्वकालमा यहाँ स्थानीय राजाको दरवार थियो भन्ने किम्वदन्ती रहेको छ । आज पनि स्नातन धर्मावलम्वीहरु आफ्नो मनाकामना पुरा गर्न देवी पूजा र बलि पूजा गर्दै भक्तजन हरुको आइरहेका छन् । दरवार शब्द आज स्थानीय भाषामा दरवहवा हुँदै दरवहवा भएको अनुमान गरिन्छ । जुन दरवहवा मेलाको नामले परिचित छ । यस धरोहरको रुपमा रहेको देवीस्थललाई परापुर्वकाल देखि आज सम्म समर्पित रुपमा संरक्षण गर्दै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले बताए ।

पत्रकार सम्मेलनमा शुद्धोधन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीले महायज्ञलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताएका थिए । त्यस अवसरमा शुद्धोधन ६ का वडा अध्यक्ष उपेन्द्र शाहानी, मानपकडी ब्यापार समितिका अध्यक्ष सिवराम न्यौपाने, वडा नं. ५ का निवर्तमान अध्यक्ष पुन्नेराम गौतम, मन्दिर व्यवस्थापन समितिका पदधिकारी, बुद्धिजीवी, विभिन्न राजनीति दलका प्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रममा निवर्तमान सचिव बाबुराम खरेल,समितिका सह–सचिव जिवलाल पौडेललगायतले पनि महायज्ञबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?