ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सकियो  महायज्ञ, खजुरालाई लक्ष्मीनाराण दिब्यधाम घोषणा, ५० लाख संकलन

गाँउपालिकाबाट धार्मिक पर्यटनलाई गौरवको योजनामा समावेश
१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

खजुरा ।

खजुरा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले गत २४ गतेबाट बाँकेको खजुरामा सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । महायज्ञबाट ५० लाख बढी संकलन भएको आयोजक महायज्ञ सम्पादन समितिले जनाएको छ । खजुरा क्षेत्रमा रहेका ऐतिहासिक धार्मिकस्थलहरुको प्रवर्द्र्धन गर्ने र खजुरामा विशाल स्वरुपमा सुदर्शन चक्र सहितको लक्ष्मीनारायण मूर्तिको स्थापना गर्ने लक्ष्य सहित महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञको लक्ष्यलाई अपनत्व ग्रहण गर्दै खजुरा गाँउपालिकाले खजुरालाई पर्यटकिय क्षेत्र बनाउने र विशाल आकारको मूर्ति स्थापना गर्न गौरवको योजनामा समावेश गर्ने घोषणा समेत गरेको छ । आयोजकका अनुसार १८८२ ताका स्थापना भएको खजुरा १ को मैटहवा मन्दिर, राणाकालमै बनेको सन्तकुटी कुवा, मानव बस्ती बस्नु अघिको नारायणी तलौवा, हिन्दुर र मुस्लिमको संयुक्त तिर्थस्थल मुस्केटवा मिजार बाबा सहित खजुरा क्षेत्रमा रहेका धार्मिक स्थललाई धामकारुपमा विकास गर्दै एकीकृत दिब्य धाम स्थापना गर्ने अभियान रहेको छ ।

महायज्ञबाट आर्जन भएको रकमबाट छिट्टै विशाल स्वरुपको लक्ष्मीनारायण मूर्तिको शिलान्यास गरिने र सरकारी सहकार्यमा कार्य सम्पन्न गरिने महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीले खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए । उनले आफ्नो राजनीति भन्दा अन्य पेशा नभएको दाबी गर्दै फेरिपनि आयोजकले मागेको रकम दिन आफु तयार रहेको बताए । खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्दले स्थानीय सरकार खजुराबासीको अभियानमा साथमा रहेको बताइन् ।

उपाध्यक्ष मल्ल महायज्ञको सर्वोकृष्ठ दानकर्ता पनि हुन् । उनले महायज्ञमा १ लाख ५५ हजार ५५५ दान गरेकी थिइन् । सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त दीनदयालको संरक्षकत्वमा भएको महायज्ञमा पंडित बालकृष्ण अर्यालले कथा वाचन गरेका थिए भने उनी सहितको संगीत मण्डलीले सन्देशमुलक भजन प्रस्तुत गरेका थिए । समापनका अवसरमा संकल्पकर्ता दीनदयाल जी सहित कथा वाचक अर्याललाई खजुराबासीको तर्फबाट अभिनन्दन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?