Butwal Today

आईसीसी विश्वकप लिग २ : पीएनजीविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

२९ फाल्गुन २०७९, सोमबार
अ+
अ-

काठमाडौँ ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ रोजेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पीएनजीले ब्याटिङ सुरु गरेको छ । सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको नेपाल दोस्रो खेलमा पनि सोही नतिजा दोहोर्‍याउन चाहन्छ। नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। गुलसन झाको स्थानमा करण केसीलाई टोलीमा राखेको छ।