ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
फ्रन्टपेज

सालझण्डी झारफुकमा युवती मृत्यु काण्ड: परिवारलाई पीडामाथि पीडा

२९ फाल्गुन २०७९, सोमबार
२९ फाल्गुन २०७९, सोमबार

बुटवल,  फागुन- सैनामैना फुलबारीकी १४ वर्षिय सीता ज्ञवालीलाई झारफुकको क्रममा यातना दिएर मृत्यु भएको आठ दिन बित्यो । घरमा एक्ली आमा लिला ज्ञवाली छिन् । माईत आएकी छोरी र उनको बच्चासंग उनि रुदै बसेकी छिन । मलामी गएका धेरै प्रहरी हिरासतमा परेपछि छरछिमेकहरुबाट यो घर टाढिएको छ । यो घटनासंगै मृतक ज्ञवालीको परिवार समाजमा एक्लो भएको छ । ‘घरमा सबै तिरबाट एक्लो भईयो ।’–उनले रुदै थपिन –‘दैवबाट एक्लो पार्यो तेत्रो भएकी छोरीलाई गुमाउनुपर्यो अर्कोतर्फ गाउछिमेकी आउने बाटो हरायो । हामी त बाच्न भन्दा परिवार नै मर्न बेस भयो ।’ उनी रुदै भन्छिन । छरछिमेकीले उनिहरुलाई बाटैबाट आखा तारेर हिडेका छन । फागुन २० गते शनिबार झारफुकको क्रममा यातनाको कारण सीताको मृत्यु भयो । उनको परिवारहरु मिलेर रातारात अत्येष्ठी गरे । दुई दिनपछि यातना दिएको भिडियो सार्वजनिक भयो । योसंगै प्रहरीको अनुसन्धानको क्रममा उपचार गर्ने माता, माताको परिवार, मृतकको बुबा ताराप्रसाद ज्ञवाली, मृतकका मामा ईश्वरी पोखरेलसहित मलामी जाने १८ जना थुनामा छन । १० जना तारेकमा छन । छोरीको मृत्युको पिडामा थप पिडामा उनि छिन । श्रीमान, भाई थुनामा छन भने छरछिमेकहरु हेर्दैनन ।

घटना यस्तो थियो
सैनामैना नगरपालिका वडा नं १० का स्थाई बसोबासी बुबा ताराप्रसाद ज्ञवाली, आमा लिला ज्ञवालीका ३ छोरी र १ छोरा थिए । त्यसमध्ये दुई छोरीहरुको बिबाह भैसकेको थियो ।
१४ वर्षिय सीता ज्ञवाली कान्छी छोरी थिईन । उनि सालझण्डी माबिमा ९ कक्षामा पढ्थिन । सीतालाई केही दिनदेखी कान दुख्ने, जरो आउने समस्या भएको थियो । शुक्रबार र शनिबार दुई दिन लगातार सालझण्डीकै क्लिनिकमा लगेर उनको आमाले उपचार गराईन । बाबू मेडिकल हलमा शनिबार पिसाब, रगत जाच गरि दिउसो स्लाईन चढाएर उपचार पछि केही निको लागेपछि घर फर्किएका थिए । थप केही समस्या भए भोली बुटवल लैजानु भनेर क्लिनिकमा समेत जानकारी दिएको आमाले बताउछिन । भैरहवा सोयाबिन फैक्ट्रिमा कार्यरत बुबा ताराप्रसाद ज्ञवाली कामबाट फर्किए । खानपिन गरेर रातीको समयमा फेरि दुखाईले च्यापेपछि छोरीलाई अटोमा राखेर माताकोमा देखाउन पुगेका थिए ।

घटनास्थल माताको घर सैनामैना वडा नं १० बेमटेनी टोल र मृतक ज्ञवालीको घर फुलबारी टोलको दुरी बढीमा डेढ किलोमिटरको दुरीमा छ । माताले शुरुमा पानीले छ्यापिन, पहेलो अक्षेता हानिन । दिनभरि ग्लुकोज चढाएर कमजोर भएकी छोरीलाई यातना दिएको देखेर आमाले रोक्न खोजिन । यतीबेला माताको बुबाआमाले सम्झाउन लागे । यो सबै यातना छोरीमाथि लागेको बोक्सीलाई हो । छोरीलाई केही हुदैन भन्न थाले । ‘जति पिटेपनि छोरीलाई दुख्दैन, बोक्सीलाई दुख्छ भनेर माताले पिट्न थालिन ।’–रुदै मृतककी आमाले भनिन । माताले बोक्सी नचाएर देखाउछु भन्दै त्यसको भिडियो समेत खिच्न मृतककी मामालाई भनिन ।
सैनामैना नगरपालिका वडा नं १० को बेमटेनीकी २२ वर्षिय अविवाहित संज्ञा रेश्मी माता भएको धेरै लामोसमय भएको थिएन । प्लस टुमा शिक्षा शास्त्र अध्ययन गरेकी उनलाई केही समयदेखि माता उत्रने गरेको छिमेकीहरु बताउछन । छरछिमेकमा बच्चाहरुलाई जरो आउने, हात हेर्ने, झारफुक गरेर ठिक बनाउने उनको दैनिक थियो । अगाडी सानो कच्ची काठको घरमा उनको पुजा कोठा छ । जहा बिहान पुजापाठबाट उनको दैनिकी शुरु हुने गथ्र्यो ।
एक कान दुई कान हुदै उनको प्रचार भयो । घरमा हात हेराउन र झारफुक गर्न आउनेको भिड लाग्ने थाल्यो । उनि आफनो सबै काम छोडेर यही काममा ब्यस्त भईन । सोही क्रममा शनिबार राती यस्तो घटना भएको थियो ।

 

मृतकको मामाले फोन गरेर बोलाएका आफन्त समेत थुनामा

राती १० बजे बालिकाको मृत्युपछि मामा ईश्वरी पोखरेलले फोन घुमाउन थाले । भान्जीको अन्त्येष्ठी गर्न आफना आफन्त नाता खोजे । यही क्रममा शान्ति टोल सालघारीकी ५० वर्षिय कमला पोखरेललाई उनले फोन गरे । एक्लै भएको र भान्जीको अन्त्येठी गर्न समस्या भएको बताएसंगै अत्तालिएर कमला हिड्ने तयारी गरिन । रातीको समय बाटोमा एक्लै जानसमस्या भएपछि उनले छिमकी विष्णु पोखरेललाई छोडिदिन आग्रह गरिन । परिक्षाको तयारीमा रहेको विष्णु पोखरेल अबेरसम्म आफनो तयारीमा थिए ।
कमलाको आग्रहमा उनी बाईक निकालेर छोड्न गए । बालिकाको लास बाटामा राखेर भिड भएको ठाउमा पुगेर कमलाले आवश्यक जानकारी लिईन । केही बेरमा कमला र विष्णु घटना बुझेर घरतिर लागे । अनुसन्धानका क्रममा प्रहरीले अहिले दुबैलाई हिरासतमा राखेको छ । यही टोलमा मृतकका मामा इश्वर बस्ने हुदा पनि उनले टोलका साथीभाईलाई बोलाए । अहिले घटना घटेपछि फोन गरेर बोलाएका कारण शान्तिटोल सालघारीका ८ जना अनुसन्धानमा तानिएका छन । घटनाको ६ दिनपछि प्रहरीले घटनामा जोडिएका दुई दर्जन बढी स्थानियलाई पक्राउ पुर्जि जारी गरि गरेको छ । यसबाट समुदायमा त्रास फैलिएको विष्णुका बुबा प्रकाश पोखरेलले रुदै भने । आफनो परिक्षाको तयारीमा रहेको छोरा सहयोग गर्दा प्रहरी हिरासतमा परेको दुखेसो गर्छन ।


सैनामैना नगरपालिका वडा नं १० का वडाअध्यक्ष कृष्ण प्रसाद घिमिरे आफनो वडामा अकल्पनीय घटना भएको बताउछन । घटना लगतै कार्यालयमा कुनै पक्ष उजुरी नआएको भन्दै उनले मृतकको बाआमा, मामा, लामा गर्ने बैनी बुबाआमाले घटनाको भिडियो बाहिर आएपछि एकाएक घटना बाहिरिएको बताए । हात हेराउने लामाले आफैले भिडियो गर्न भनेको पाईएको भन्दै उनले मन्दिरभित्रको कोठामा घटनापछि मृतकको मामाले फोन गरेर बोलाएका छिमेकीहरुलाई प्रहरीले अनुसन्धानको नाममा हिरासतमा राखिदा केही समस्या भएको बताए । यसको राम्रो छानबिन हुनुपर्ने उनले बताए । सामाजिक मर्यादा र परम्परा अनुसार समाजमा घटेका घटनामा छिमेकीहरु मलामी जादा प्रहरी अनुसन्धानमा परेको उनि बताउछन ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापा भने यो घटनामा कानुनी उपचार अघि बढेको बताउछन । घटनाको विषयबारे अदालतबाट अनुमति लिई अनुसन्धान अघि बढेको उनले बताए । प्रहरी अनुसन्धानमा सबैबाट सहयोग जरुरी रहने भन्दै उनले कानुनी प्रक्रियालाई अवरोध नगर्न समेत सुझाव दिए । सामाजिक रुपमा रहेका बिकृति र बिसंगतिका घटनाबारे स्थानिय जनप्रतिनिधिहरु सचेतना कार्यक्रमलाई अघि बढाउन जरुरी देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?