Butwal Today

सञ्चारिका समूह लुम्बनी प्रदेशको साधारण सभा

२९ फाल्गुन २०७९, सोमबार
अ+
अ-

बुटवल, २९ फागुन ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशको चौथो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृता अनमोलले सञ्चारिका समूहले पत्रकार महिलाको क्षमता बढाउन विभिन्न कार्यक्रमहरु गरिरहेको भन्दै आगामी दिनमा लुम्बिनी प्रदेश भित्रका सञ्चारकर्मी महिलाको अभिलेखीकरणका लागि सञ्चार डाईरेक्टरी प्रकाशन गर्ने, लुम्बिनी प्रदेशका सञ्चारकर्मी महिलाहरुको भेला गर्ने, व्यावसायिक पत्रकारिता, लैंगिकता र सामाजिक समावेशिकरणका लागि निरन्तर सञ्चार वकालत गर्ने र १२ वटै जिल्लामा साधारण सभा तथा भेला गरेर सदस्यता बढाउन र समूहलाई क्रियाशिल बनाउन भूमिका खेल्ने बताईन् । संस्थाका कोषाध्यक्ष उषाकिरण पन्थले विभिन्न संघ संस्थासँग गरिएको सम्झौता अनुसारको आर्थिक संकलन हुन नसकेको भन्दै त्यसका लागि पहल गर्ने बताईन् । कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशका सल्लाकार पार्वती पाण्डेय, रुपन्देही जिल्लाका सल्लाहकार रेखा भुषाल विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?