ट्रेंडिंग:

>> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की
मध्य पश्चिम पृतनापति ट्रफी २०७९

२२ नम्बर बाहिनीलाई उपाधि

२८ फाल्गुन २०७९, आइतबार
२८ फाल्गुन २०७९, आइतबार

बुटवल, २८ फागुन ।

रुपन्देहीमा सम्पन्न मध्य पश्चिम पृतना, पृतनापति ट्रफी २०७९ को उपाधि २२ नम्बर बाहिनीले चुमेको छ । प्रधानसेनापति ट्रफी २०७९ लाई लक्षित गरी नेपाली सेनाभित्र रहेका खेलाडीहरुलाई प्लटफर्मसंगै खेलाडी छनौटको आधारका रुपमा खेलाईदै आएको प्रतियोगिताको यसवर्ष उपाधि श्री नं. २२ बाहिनीले चुमेको हो । श्री नं. २२ बाहिनीले ४१ स्वर्ण, ४४ रजत र १४ कास्य पदक प्राप्त गरी उपाधि चुमेको हो । श्री नं. १९ बाहिनीले ३३ स्वर्ण, २८ रजत र १३ कास्य पदक प्राप्त गरी उपविजेतामा चित्त बुझायो ।

प्रतियोगितामा अंकभारमा हेर्दा श्री नं. २२ बाहिनीले ब्यक्तिगततर्फ एथलेटिक्समा ५, तेक्वान्दोमा ३, बक्सिङमा ५, स्विमिङमा ५, टिम ईभेन्टतर्फ भलिबल ५, बास्केटबलमा ३, फुटबल ३ गरि कुल २९ अंक ल्याएको थियो । श्री नं. १९ बाहिनीले प्रतियोगिताको ब्यक्तिगत ईभेन्टमा एथलेटिक्समा ३, तेक्वान्दोमा ५, बक्सिङमा ३, स्विमिङमा ३, टिम ईभेन्टतर्फ भलिबल ३, बास्केटबलमा ५, फुटबल ५ गरि कुल २७ अंक ल्याउदै दोस्रो स्थान हासिल गर्यो । मध्यपश्चिम डिभिजन प्रतियोगिताको ब्यक्तिगत ईभेन्टतर्फ एथलेटिक्समा १, तेक्वान्दोमा १, बक्सिङमा १, स्विमिङमा १, टिम ईभेन्टतर्फ भलिबल १, बास्केटबलमा १, फुटबल १ गरि कुल ७ अंकसहित तृतिय स्थान हासिल गरेको छ ।

प्रतियोगितामा श्री ईश्वरी बक्स गुल्मका हु. चन्द्र बहादुर खत्री श्री नं. २२ बाहिनीबाट स्वीमिङ्ग खेलको विविध विधाहरुमा सहभागिता जनाई ६ वटा स्वर्ण पदक जित्न सफल भएका थिए ।

एक समारोहका बीच श्री नं २२ बाहिनी रामनगर खेलमैदानमा पृतना हेडक्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकाल, श्री नं २२ बाहिनीका बाहिनीपति सहायक रथि नवराज गुरुङ, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

नेपाली सेनामा रहेका खेलाडीहरुलाई अवसर सृजना गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पुर्वअभ्यास र खेलाडी छनौटको आधारका रुपमा प्रतियोगिता संचालन गरिदै आएको पृतना हे.क्वा.का पृतनापति उपरथी याम प्रसाद ढकालले बताए । फागुन २४ गतेदेखि २९ सम्म संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?