Butwal Today
सयपत्री सेभेन ए साईड कप नकआउट फुटबल प्रतियोगिता

एमएफसी अन्तिम आठमा

२८ फाल्गुन २०७९, आइतबार
अ+
अ-

बुटवल, २८ फागुन ।

बुटवलमा जारी सयपत्री सेभेन ए साईड कप नकआउट फुटबल प्रतियोगिता २०७९ मा एमएफसी बुटवल क्वाटरफाईनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा एमएफसी बुटवलले स्कलर्स होम एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

सयपत्री युवा क्लबको आयोजनामा रामनगर खेलमैदानमा भएको खेलमा एमएफसीको जितमा भुवन गाहा र सुरज मल्लले गोल गरेका थिए । यसैगरी पाँचौ दिनको खेलमा देवदह ब्यायजले गौतम बुद्ध ब्यायजलाई २–०, ईन्टर स्पोर्टस एफसीले सौभाग्य युवा क्लबलाई १–०, बुटवल एफसीले हन्टर ब्यायज एफसीलाई २–० र आर के एफसीले चरङे एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक सन्तोष गुरुङले बताए । यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । शनिबार पहिलो चरणका ४ र दोस्रो चरणका १ खेलहरु हुने छन् । चैत १ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका २८ टिमले प्रतिस्पर्धा गरेका छन् ।