ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिवद्धता

२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

भैरहवा, २६ फागुन ।

उद्योगी–व्यवसायीका समस्या समाधान गर्न सहकार्य गरेर अघि बढ्ने निजी क्षेत्रका दुई संस्थाले प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भैरहवामा पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुले पछिल्लो समय उद्योगी–व्यवसायी ठूलो समस्यामा परेका कारण समाधानका लागि सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले उद्योगी–व्यवसायीको हकहितका लागि आवाज उठाउँदै आएको बताए । उनले चेम्बर अफ कमर्स, रुपन्देही निजी क्षेत्रको प्रतिनिधित्व गर्ने स्थापित संस्था भएको बताए । उनले भने, ‘यस संस्थामा करिब ५ हजार उद्योगी–व्यवसायी आबद्ध छन् । संस्थाले उद्योगी–व्यवसायीलाई आपत–विपतमा सहयोग गर्दै आएको छ । विकास निर्माणमा सहयोगका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।’ अध्यक्ष ज्ञवालीले चेम्बर अफ कमर्स, रुपन्देही र पोखरा चेम्बर अफ कमर्स, कास्कीसँग सहकार्य गर्दै उद्योगी–व्यवसायीको समस्या समाधानका लागि अघि बढ्ने बताए ।

उनले कोभिड–१९ का कारण प्रभावित भइ बल्लबल्ल सञ्चालन भएका उद्योग–व्यवसाय पछिल्लो समय आर्थिक मन्दी, बैंकको उच्च बैंक ब्याजदरका कारण पुनः धरासायी हुने अवस्थामा पुगेको बताए । उनले प्रत्येक चेम्बर अफ कमर्स एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘पोखरा चेम्बर अफकमर्स, कास्कीको टोलीलाई भैरहवामा स्वागत गर्न पाउँदाअत्यन्तै हर्षित भएका छौं ।’

त्यस्तै पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यमनाथ पौडेलले पेशा व्यवसायलाई मर्यादित बनाउन र संरक्षण गर्न संस्थाले काम गर्दै आइरहेको बताए । उनले भने, ‘महान उद्देश्यले अगाडि बढ्यौं भने संस्थालाई चलायमान बनाउन सक्छौं ।’ उनले पोखरा चेम्बर अफ कमर्स उत्कृष्ट चेम्बर अफ कमर्सको रुपमा समेत सम्मानित भइसकेको जानकारी दिए । उनले सम्पूर्ण व्यवसायलाई अपनत्व र संरक्षण हुने गरी संस्थाले काम गरिरहेको बताए । उनले गण्डकी प्रदेश सरकारबाट पनि पोखरा चेम्बर अफ कमर्सले गरेको राम्रो कामको मूल्यांकन भएको बताए । उनले भने, ‘संस्थाले निजी क्षेत्रको छाता संगठनको रुपमा भूमिका निर्वाह गर्दै आएको छ ।’

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्कालगायतले पनि बोलेका थिए ।

पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनको लागि अन्तर चेम्बर भ्रमण आदानप्रदान सहित तीनदिने पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत बिहीबार भैरहवा आइपुगेको पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई चेम्बर अफ कमर्स, रुपन्देहीले स्वागत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?