ट्रेंडिंग:

>> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा

वायु प्रदुषणले बढाएको चिन्ता

२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

काठमाडौँ उपत्यकाले फेरीपनि उही पुरानै नियति भोग्न बाध्य बनेको छ । काठमाण्डौं उपत्यकाको बायु प्रदुषण पछिल्लो चार दिनयता निरन्तर बढ्दै गएको अनुसन्धानले देखिएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको युरोपेली प्रदुषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ । राजधानीका सडकमा हिँड्नेहरु आंँखा पिरो भएको, सास फेर्न गाह्रो हुने गरेको जस्ता समस्याबाट ग्रसित हुन थालेको बताएका छन । एकातिर वायु प्रदुषण र अर्कोतर्फ चिसोले राजधानीका जनताले असैह्य प्रदुषणको पीडा सहनुपरेको छ । काठमाण्डौं उपत्यका स्वास्थ्य जोखिमका हिसावले अत्यन्तै चुनौतिपूर्ण अवस्थामा रहेको छ । खासगरी सडक विस्तार, मेलम्ची खानेपानीको पाइप विच्छ्याउने काम र ढल मर्मत सम्भारका क्रममा खनिएका सडकका कारण पछिल्लो समयमा काठमाण्डौं उपत्यकामा बायु प्रदूषण बढिरहेको छ । त्यसमाथि वर्षौं पुराना सवारीसाधनका कारण समेत प्रदूषण बढिरहेको छ । सरकारले पुराना सवारीलाई प्रतिबन्ध लगाउन सकेको छैन । वायुमण्डमा रहने धूलोको कणका कारण निमोनिया, खोकी, मुटु र दमको रोगको संक्रमणसंगै फोक्सोको क्यान्सर बढ्ने गरेको स्वास्थ्यविज्ञहरुले पटकपटक चेतावनी दिदै आएका छन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार नेपालमा वार्षिक १० हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो तर डब्ल्यूएचको पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाको प्रदूषण ५ गुणा बढिरहेको छ । नेपाल जस्ता अल्प विकसित मुलुकहरुमा वायु प्रदूषण ‘मन्दविष’ का रूपमा फैलँदै गएको विज्ञहरुको ठहर छ । विज्ञहरुकै भनाइमा शहरी क्षेत्रमा बसोबास गर्ने विश्वका करिब ८० प्रतिशत मानिस विश्व स्वास्थ्य संगठनले तोकेको वायुको गुणस्तरभन्दा बढी प्रदूषणको शिकार भइरहेका छन् ।

यसअघि आइक्यूएयरले आफ्नो वेवसाईटमा प्रकाशित ‘विश्वको वायुको गुणस्तर सम्बन्धी प्रतिवेदन २०२१’ अनुसार काठमाडौँ सन् २०२१ मा विश्वको छैठौँ प्रदुषित राजधानी बनेको थियो । पहिलोमा बंगलादेश अहिलेपनि छ । तर, अहिले नेपाल विश्वकै दोश्रो प्रदुषित शहरको सूचीमा परेको छ । यसले चिन्ता थपिएको छ । बायु प्रदुषणको काठमाण्डौंको जोखिम सर्दै देशका अरु शहरसम्म नआओस् भन्नेतर्फ सजगता आवश्यक छ । त्यसो त बाताबरणबीदहरुले वायु प्रदुषण राजधानी काठमाण्डौंमा मात्रै नभै देशका अरु शहरपनि उत्तिकै जोखिममा रहेको औंल्याएका छन । अहिले काठमाण्डौं जस्तै वायु प्रदुषणको चुनौति बुटवलले पनि भोगिरहेको छ । बुटवलमा समेत सडक निर्माणका कारण वायु प्रदुषण बढिरहेको छ । केही अघि गरिएको बायु मापनमा बुटवलले पनि काठमाण्डौं जतिकै जोखिम भोगिरहेको देखिएको थियो । राजधानीमा भित्रिएका असीमित सवारीसाधनले फालेको धुँवाले बायुमण्डलमा प्रवेश गरेर त्यसले मानिसको जीवनमा गम्भीर संकट उत्पन्न गराउँदा पनि राज्य भने उदासीन बन्दै गएको भन्दै विज्ञहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बुटवलमा समेत प्रदुषणको तह बढ्न नदिनेतर्फ अहिलेदेखि नै सतर्ककता अपनाउनु जरुरी छ । काठमाण्डौंको नियति बुटवलमा आउन नदिने हो भने अहिलेदेखि नै सजगता र सतर्कताको आवश्यकता छ । यस बिषयमा सम्वन्धित निकायको ध्यान जाओस् । सवारीसाधनको धुँवाबाट निस्कने कार्वनडाइअक्साइडले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको चिकित्सकहरुको भनाई छ । काठमाण्डौंमा वर्षौं पुराना सवारी साधन अहिलेपनि सञ्चालनमा रहेका छन । वायु प्रदूषण बढ्नुको मुख्य कारण यो पनि रहेको वातावरणवीदहरुले औंल्याएका छन । तसर्थ अव सरकारले वातावरण प्रदुषण नियन्त्रण सम्वन्धित नयाँ रणनीति अवलम्वन गर्न ढिलाई गरिनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?