Butwal Today

पीएनजीबिरुद्ध नेपालको उत्कृष्ट सुरुवात, आसिफ र कुशलको शतकीय साझेदारी

२५ फाल्गुन २०७९, बिहीबार
अ+
अ-

काठमाडौं ।

विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलाको पहिलो म्याचमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर पहिलो ब्याटिङमा निम्त्याइएको नेपालका लागि ओपनिङ जोडी आसिफले शेख र कुशल भुर्तेलले शतकीय साझेदारी गरेका छन् । कुशल भुर्तेल ४५ रन बनाएर आउट भएका छन् भने अहिले ज्ञानेन्द्र मल्ल ब्याटिङमा आएका छन् ।

यो समाचार बनाउँदासम्म नेपालले एक विकेट क्षति १२० रन बनाएर खेलिरहेको छ । ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएका छन् । उनले ४७ औँ बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

अर्को इन्डबाट ज्ञानेन्द्रले आसिफलाई साथ दिइरहेका छन् ।  यसअघि यूएईमा जारी शृङ्खलाको अन्तिम म्याच चोटका कारण खेल्न नपाएका कुशलले घरेलु मैदानमा कमब्याक गरेका हुन् ।