ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

धार्मिक पर्यटकलाई आकर्षण दिन खजुरामा सुरुभयो महायज्ञ

२५ फाल्गुन २०७९, बिहीबार
२५ फाल्गुन २०७९, बिहीबार

खजुरा ।

बाँकेको खजुरालाई पर्यटकिय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको छ । वडा नम्बर ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा फागुन ३० गतेसम्म संचालन हुने महायज्ञको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले उदघाटन गरे ।

उद्घाटन कार्यज्ञmममा बोल्दै गााँउपालिकाका अध्यक्ष विकले आध्यात्मलाई समाजिक रुपान्तरण गर्ने गरि गरिएको महायज्ञको विशेष अर्थ राख्ने बताए । उनले खजुरालाई धार्मिक पर्यटकीय स्थलका रुपमा स्थापित गर्न महायज्ञ सार्थक बन्ने विश्वास व्यक्त गरे । महायज्ञबाट निर्माण गर्ने भनिएको विशोल मुर्तिमा पालिकाको सहकार्य रहने प्रतिबद्धता पनि व्यक्त गरे । उनले लक्ष्मीनागरायण मन्दिरको प्रागंणबाट खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालदेखि खजुरा खानेपानी तथा सरसफाइ आयोजना एवम् ज्ञानोदय मावि विद्यालयको परिकल्पना गरिएको बताउँदै लक्ष्मीनारायाण मन्दिरसँग खजुराबासीको विश्वास जोडिएको उल्लेख गरे ।

खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले खजुरा क्षेत्रमा खजुरावासीको योगदान उच्च रहेको बताउँदै खजुरावासीलाई धन्यवाद व्यक्त गरिन । उनले महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न पालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताइन् । महायज्ञ आयोजक मूल समिति संयोजक एवम् लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठका अनुसार नयाँ पुस्तामा धर्मको प्रचार गर्न महायज्ञले सहयोग गर्ने बताए । महायज्ञबाट उठेको रकमबाट लक्ष्मीनारायण मन्दिर परिषरमा ६० फिट अग्लो संरचना निर्माण गरी उक्त संरचनामाथि विद्युतीय चक्रसहितको लक्ष्मी र नारायाणको मुर्ती स्थापना गरिने श्रेष्ठले बताए ।

निर्माणपश्चिात खजुरा आसपासका क्षेत्रबाट विद्युतीय चक्र र लक्ष्मीनारायणको मुर्ती देख्न सकिने उनले बताए । श्रेष्ठका अनुसार संरचना स्थपाना गर्न करिब ४ करोड रकम लाग्ने छ भने निर्माण ३ वर्षदेखि ५ वर्षसम्म सम्पन्न हुनेछ । साथै लक्ष्मीनारायणको दर्शन गर्नका लागि माथि चड्न संरचनाभित्र सिडी र लिफ्ट निर्माण गरिने उनले बताए । कार्यक्रममा महायज्ञका प्रमुख सल्लाहकार शरण कर्माचार्यले खजुरा र लक्ष्मीनारायण मन्दिरको इतिहास बताउँदै यस स्थानमा बस्ती बस्नुभन्दा पहिला पनि मानिसको बसाइँ रहेको प्रमाणहरु भेटिएको बताए । उनले लक्ष्मीनारायण मन्दिरको प्रागंणमा बसेर संकल्प गरेर हरेक कामहरु सफल भएको बताउँदै खजुरामा मानिसहरुको बस्तीभन्दा पहिलाका धेरै धार्मिक क्षेत्रहरु भएकाले खजुरालाई धार्मिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए ।

क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त श्री दीनदयाल महाराजले खजुराबासीले आयोजना गर्ने हरेक कार्यक्रम सकारात्मक हुने बताए । उनले क्यान्सर अस्पतालले इतिहास रचेको उल्लेख गर्दै अहिले पनि खजुराबासीको संकल्प पुरा हुने बताए । बुधबार महायज्ञ उद्घाटनपूर्व पंचेबाजासहित भजनकृतन गर्दै १ सय ८ कलशसहित लक्ष्मीनारायण मन्दिरबाट कलश यात्रा सुरु गरिएको थियो । कलश यात्रा खजुरा बजार हुँदै एक नम्बर बजार, धनौली चौकी पुगेर पुनः मन्दिरमा फर्किएको थियो । यात्रामा ५ सय बढी खजुरावासीको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?