Butwal Today

पीएनजीलाई नेपालले दियो २९८ रनको लक्ष्य, अहिलेसम्मकै उच्च स्कोर

२५ फाल्गुन २०७९, बिहीबार
अ+
अ-

काठमाडौं ।

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धलाई नेपालले २९८ रनको लक्ष्य दिएको छ। एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर  बनाएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो ।

नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले ।

यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २ सय ८७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले ।

उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी गर्दै १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे ।

आसिफले पाँचौं विकेटका लागि कप्तान रोहित पौडेलसँग शतकीय साझेदारी गरेका थिए ।

जारी खेलमा शतक बनाएसँगै आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने र हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने ।