ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुटवलमा प्रदर्शन

२४ फाल्गुन २०७९, बुधबार
२४ फाल्गुन २०७९, बुधबार

बुटवल, २४ फागुन ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको अमरपथमा प्रदर्शन गरेको छ । कार्यक्रममा महिला अधिकार, मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लगाएतका नाराहरु लेखिएका ब्यानर र प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले सामाजिक न्याय र समानताको आन्दोलनमा सदैव क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार तथा निवर्तमान सभापति गोविन्द खनालले महिलामाथि हुने हिंसा, विभेद, अन्याय र अत्याचार अन्त्यका लागि समाजमा सचेतनाको जरुरी रहेको बताएका छन् । संबिधान र कानुनमा महिला हिंसा, अन्याय र अत्याचारका बिरुद्ध लिपिबद्ध गरिएका कतिपय अधिकार र हक ब्यबहारिक रुपमा कायम हुन नसक्दा श्रमिक महिलाहरुको उचित सम्मान हुन नसकेको भन्दै निवर्तमान सभापति खनालले टिप्पणी समेत गरेका छन् ।

प्रदर्शन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला बस्नेत कुँवर, शान्ति समाज रुपन्देहीका सभापती खिमप्रसाद भट्टराई(कृष्ण), उपसभापति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि सरोकारवालाहरु एकजुट हुनुपर्ने आवश्यक्ता रहेको बताएका थिए ।

सैनामैनामा स्वास्थ्य शिविर सम्पन्न

नारी दिवसकै अवसरमा महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैनामा निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । बुटवलस्थित साझा हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा सैनामैना नगरपालिका वार्ड नं. ६ झाला कैंयारेटोलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो । शिविरमा १ सय ५० जना महिला तथा बालबालीकाले सेवा लिएको र बिशेषतः बिपन्न तथा दलित महिला तथा बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ परीक्षण तथा औषधी प्रदान गरिएको शान्ति समाजले जनाएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गाउँ बस्तीमै पुगेर विशिष्ट स्वास्थ्य सेवा (भिडियो एक्सरे, ल्याब परिक्षण, औषधि तथा विशेषज्ञ परामर्श सेवा समेत प्रदान गरी “अधिकार अब व्यबहारमा” भन्ने नारालाई ब्यवहारमा लागु गरिएको शान्ति समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराईले बताए । सो अवसरमा सहभागी वक्ताहरुले यस अभियानमा नागरिकको स्वास्थ्य अधिकारलाई प्रत्याभुत गराउन सबैले हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सो कार्यक्रममा सैनामैना नगरपालीकाका मेयर फणिन्द्र प्रसाद शर्मा, महिला रोग बिशेषज्ञ डा. प्रदिप कुमार श्रीवास्तव, बाल रोग बिशेषज्ञ डा. अनिल खनाल, डा. सपना बलाल, वडाअध्यक्ष गोपल पोख्रेल, वडा सदस्यहरु माया बिक, गिता घिमिरे, समाजसेवी रणबहादुर खनाल, किरण पौडेल लगायतले महिलाहरुको स्वास्थ्यप्रति सबैले ध्यान पु¥याउनु पर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?