ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

लुम्बिनी प्रदेशः ८ सय किलोमिटर सडक पक्की गर्न पाँच वर्ष

मन्त्रालयले प्रदेश सरकारको अनुभुति दिनेगरी काम गरेको भएपनि सबै योजना स्थानीय सरकारकै रुपमा जनताले बुझेकाले प्रदेश सरकारलाई उपेक्षा गरेको हुनसक्ने मन्त्रालको भनाई छ ।
२१ फाल्गुन २०७९, आइतबार
२१ फाल्गुन २०७९, आइतबार

दाङ, २१ फागुन ।

लुम्बिनी प्रदेश सरकार स्थापना भएको पाँच वर्षमा ८ सय किलोमिटर सडक कालोपत्रे भएको छ । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रे ८ सय ९ किलोमिटर सम्पन्न गरेको भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारुले जानकारी दिए । उनका अनुसार, मुख्यमन्त्री शंकर पोख्रेल भएको समयदेखि थालनी भएका प्रदेशका गौरवका आयोजनासँगै अन्तरजिल्ला, अन्तरपालिका, पालिकाभित्रका महत्वपूर्ण सडक पूर्वाधारको काम सम्पन्न भएका छन् । सिमित श्रोत साधन र जनशक्तिका बीचमा पनि सडकसँग जोडिएका अरु थुप्रै पूर्वाधारमा प्रगति गर्न सफल भएको उनको भनाई छ ।

मन्त्री थारुका अनुसार, बितेका पाँच वर्षमा सडक ग्राभेल गर्ने काम १ हजार ६९ किलोमिटर सम्पन्न भएको छ भने सडक बिस्तार थप चौडा गर्ने काम १ हजार ४ सय ८३ किलोमिटर सम्पन्न भएको छ । यसैगरी नयाँ ट्रयाक निर्माण ४ सय ६१ किलोमिटर बनेको छ भने कल्भर्ट–कजवे निर्माण ३ हजार ६ सय ५ वटा बनेका छन् । ढलान गरी पक्की सडक निर्माण ४० किलोमिटर बनेको छ । जसमा हालसम्म ८६ वटा सडक पुल बन्न सफल भएको छ भने झोलुङ्गे पुल संख्या २५ वटा बनेका छन् ।

वार्षिक रुपमा सडक पूर्वाधारका क्षेत्रमा भएको प्रगति विवरणमा प्रदेश पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा नयाँ ट्रयाक निर्माण १ सय १६ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम ५ सय १५ किलोमिटर, सडक ग्राभेल गर्ने काम २ सय ४८ किलोमिटर, कालोपत्रे सम्पन्न सडक २ सय किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या ४ सय ८४ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण २ दशमलव १ किलोमिटर बने । सडक पुल संख्या ५ वटा रहका छन् भने झोलुङ्गे पुल संख्या ५ वटा रहेका छन् ।

आर्थिक वर्ष २०७६–०७७ मा नयाँ ट्रयाक निर्माण ९९ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम २ सय ९९ किलोमिटर, सडक ग्राभेल गर्ने काम २ सय ५ किलोमिटर, कालोपत्रे सम्पन्न सडक १ सय ५३ किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या ८ सय ९७ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण १ दशमलव ८ किलोमिटर बने ।

जसमा सडक पुल संख्या १० वटा रहका छन् । आर्थिक वर्ष २०७७–०७८ मा नयाँ ट्रयाक निर्माण ९९ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम ३ सय १६ किलोमिटर, सडक ग्राभेल गर्ने काम २ सय ७० किलोमिटर, कालोपत्रे सम्पन्न सडक १ सय ९४ किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या ९ सय ६८ वटा बनेका हुन् । ढलान गरी पक्की सडक निर्माण ७ दशमलव ९ किलोमिटर बने, सडक पुल संख्या १७ वटा रहका छन् भने झोलुङ्गे पुल संख्या ७ वटा रहेका छन् ।

यसैगरी, आर्थिक वर्ष २०७८–०७९ मा नयाँ ट्रयाक निर्माण १ सय २१ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम २ सय ७५ किलोमिटर, सडक ग्राभेल गर्ने काम २ सय ६५ किलोमिटर, कालोपत्रे सम्पन्न सडक २ सय २ किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या ९ सय ९६ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण २० दशमलव २ किलोमिटर बने । सडक पुल संख्या ४० वटा रहका छन् भने झोलुङ्गे पुल संख्या ११ वटा रहेका छन् ।

यसैगरी, चालु आर्थिक वर्ष २०७९–०८० को बितेको ६ महिनामा नयाँ ट्रयाक निर्माण २६ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम ७८ किलोमिटर, सडक ग्राभेल गर्ने काम ८१ किलोमिटर, कालोपत्रे सम्पन्न सडक ६० किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या ३ सय १३ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण ८ किलोमिटर बनेका छन् । जसमा सडक पुल संख्या १४ वटा रहका छन् भने झोलुङ्गे पुल संख्या २ वटा रहेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्राललयले प्रदेशका योजना कार्यान्वयनमा अहिले पनि पर्याप्त जनशक्ति नहुँदा समस्या भएको बताएको छ । प्रदेशका योजना कार्यान्वयनमा जनशक्तिको अभाव, रकम अभाव, योजनामा स्थानीय सरकारको समन्वय नहुँदा समस्या भएको भौतिक पूर्वाधार विकास मन्त्री थारुले बताए ।

मन्त्रालयकै लागि भवनको अभाव हुँदा नयाँ संरचना, नयाँ स्थानबाट काम कारवाही गर्दा योजना कार्यान्वयनमा समस्या रहेको जानकारी दिए । नयाँ सरकार निर्माण भएपछि ५० प्रतिशत भौतिक प्रगती गरेको दावी गर्दै जनशक्तिको पदपूर्ति भएमा योजना कार्यान्वयनमा थप सहज हुने विश्वास व्यक्त गरे ।

स्थानीय तह र संघ सरकारबीचको आपसी तालमेल गरी मातहतका जिम्मेवारी एकअर्कामा नबाझिने गरी अघि बढ्ने प्रयासमा मन्त्रालय रहेको मन्त्री थारुले बताए ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले चालु आर्थिक वर्षमा भौतिक प्रगति करीव ५० प्रतिशत भएपनि भुक्तानी प्रकृयामा कठिनाई हुँदा पूँजिगत खर्च २४ प्रतिशत भएको बताए । यसो हुनुमा जनशक्ति अभाव तथा संघ सरकारको वित्तिय व्यवस्थापन हुन नसक्नु कारक रहेको उनले तर्क गरे ।

सम्बन्धित कार्यालयमा जम्मा ४ सय ८४ जनाको जनशक्तिको दरवन्दी रहेको जानकारी गराउँदै अहिले पनि ३० प्रतिशत हाराहरीमा दरवन्दी रिक्त रहको हुँदा अपेक्षित काममा बाधा पुगेको उनले जानकारी गराए ।

मन्त्रालयले प्रदेश सरकारको अनुभुति दिनेगरी काम गरेको भएपनि सबै योजना स्थानीय सरकारकै रुपमा जनताले बुझेकाले प्रदेश सरकारलाई उपेक्षा गरेको हुनसक्ने मन्त्रालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?