ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड

२१ फाल्गुन २०७९, आइतबार
२१ फाल्गुन २०७९, आइतबार

बुटवल उपमहानगरपालिकाले बुटवलका खाद्यान्न पसल, मिठाई र मासुका पसल आदि उपभोक्तासंग प्रत्यक्ष जोडिएका पसलहरुमा पटकपटक अनुगमन गर्दै आएको छ । जति अनुगमन गरेपनि ती पसलमा उपभोक्ताको स्वास्थ्यमा गंभीर खेलवाड गर्ने प्रकृतिका म्याद नाघेका, ढुसी लागेका सामाग्री फेला पर्ने क्रम रोकिएको छैन । बुटवल उपमहानगर अनुगमन गर्ने र ब्यवसायीले लापरवाही गरिरहने प्रवृत्ति कायमै रहँदा पनि सम्वन्धित निकाय मौन छ । अर्कोतर्फ कारवाहीका नाममा सामान्य सचेत बनाउने काम भएको छ । अन्य मुलुकमा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने काम कहीँकतैबाट भयो भने त्यो क्षम्य हुँदैन तर नेपालमा तारन्तार लापरवाही हुँदा पनि उन्मुक्ति दिने काम रोकिएको छैन । जबसम्म जनताको स्वास्थ्यमा खेलवाड गर्नेमाथि नसिहत पुग्नेगरि कारवाही हुँदैन तबसम्म यस प्रकारका गल्ती दोहोरिरहनेछ । त्यसकारण सम्वन्धित निकायको ध्यान जानु जरुरी । त्यसै त उपभोक्ताहरु यतिखेर अत्यधिक महँगीको मारमा पिल्सिनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारी निकायको गैरजिम्मेवारपूर्ण कार्यशैली, सरोकारवाला अधिकारवादी संघसंस्थाहरुको निरीह स्थिति, असंगठित नागरिकहरुको दबिँदै गएको आवाज र हरेक क्षेत्रमा बढ्दै गएको राजनीतिकरण, गुटगत स्वार्थजस्ता कारणले महँगी अनियन्त्रित बन्दै गएको वास्तविकता हाम्रा सामु विद्यमान छ । सरकारी सम्बद्ध निकाय तथा संयन्त्रले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा उपभोक्ताहरु नराम्ररी प्रभावित बन्दै आएको तथा जीवनयापनका लागि अत्यन्त कठिन अवस्था सिर्जना भएको भन्दै विभिन्न सरकोकारवाला, उपभोक्ता, अधिकारवादी संघ संस्थाहरुको दबाबमा सरकारले नियन्त्रणका लागि बजार अनुगमनजस्ता काम गर्दै आएको छ तर कार्यान्वयन पक्ष फितलो भएको कारण सरकारले चालेको कदम अपेक्षाकृत सफल हुन सकेको छैन ।

त्यसै त बजारमा यतिबेला इन्धनको मूल्य बढेको बहानामा उपभोक्ता बजारमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु तथा सेवाको क्षेत्रमा बढेको मूल्य घटाउन अनुगमन हुने गरेको छैन । उपभोक्तामाथि कतिसम्म बेइमानी गरिन्छ भने इन्धनको मूल्य नबढेको बेलामा पनि सामानको मूल्य इन्धनको मूल्य वृद्धि भयो भन्ने सुइँको पाउनेबित्तिकै कि त उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाइन्छ, त्यसो नगरिए कृत्रिम अभाव सिर्जना गरिन्छ । अन्य उपभोग्य सामग्री तथा यातायात लगायत सेवाका क्षेत्रमा त त्यस्तो प्रवृत्ति छ भने पेट्रोलियम पदार्थको अवस्था त्यो भन्दा कम छैन । जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिका, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायतले बजार अनुगमन गर्दै आएका छन तर वास्तविकता जनअपेक्षाभन्दा धेरै फरक छ । अनुगमन भएपनि कारवाही हुँदैन । एक पटकका लागि भनेर छाड्ने प्रवृत्तिले गलत गर्नेहरुले कारवाही होइन प्रश्रय पाईरहेका छन ।

अहिलेपनि धेरै पसलहरुमा अखाद्य तथा परिमाण र गुणस्तर नपुगेका, मिति नाघेका तथा मिसावट गरिएका अनि मापदण्ड नपुगेका सामग्रीहरु बिक्री हुँदै आएको छ । मिठाई पसलहरुमा फोहोर, दुर्गन्धित, प्रदुषित तथा कम गुणस्तरका वस्तुहरु जफत गर्ने गरेको बेला बेलामा समाचारहरु आइरहेका हुन् । बुटवलमा एक मिष्ठान्न पसलबाट ढुसी परेका मिठाई समेत बरामद भएको छ । वास्तवमा यो त अति नै हो । त्यही अवस्था मासु पसलमा पनि छ । दशैंको सेरोफेरोमा अनुगमन गर्दा कुहिएको मासु समेत बरामद भएको दृष्टान्त हामी सवैका अघि ताजै छ । यो गंभीर घटना हो तर त्यसमा सचेत बनाउने नाममा कारवाही गरिदैन् । अवका दिनमा अनुगमन गर्दा कमजोरी देखिए सचेत बनाएर छोड्नेमात्र होइन, कारवाहीको दायरामै ल्याउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?