ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

भुवनेश्वरी टोलमा जेष्ठ नागरिक विश्राम स्थल

२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

बुटवल, २० फागुन ।

भुवनेश्वरी टोलमा जेष्ठ नागरिक विश्राम स्थल भवन निर्माण गरिएको छ । टोलमा बसोबास गर्ने वृद्धवृद्धाहरुलाई लक्षित गरी भुवनेश्वरी मन्दिर नजिक करीब एक कठ्ठा जग्गालाई ब्यवस्थित गरी दुई तला हलसहितको भवन निर्माण गरिएको हो ।

शनिबार एक समारोहका बीच वडा नं ४ का वडाअध्यक्ष नरेश्वर शर्मा पौडेलले भवनको उदघाटन गर्दै समुदायको हितमा उपयोग हुने गरी भवन निर्माण गरिएको बताए । फोहोर फाल्ने ठाउँलाई ब्यवस्थित गरी भवन बनाईएको उनले दाबी गरे । ‘सामुदायिक भवनमा सबैको अपनत्व हुनुपर्छ ।’– उनले भने । बुटवल उपमहानगरपालिका, स्थानीय टोल संस्था र समाजसेवीहरुको सहयोगमा भवन निर्माण गरिएको उनले बताए । घरघरमा एक्लोपनामा रहेका वृद्धवृद्धाहरु दिउँसो भेटेर भलाकुसारी गर्ने, नाचगान गर्ने र रचनात्मक कार्यमा भवन उपयोगी हुने उनको दाबी छ ।

कार्यक्रममा टोलका ८७ वर्षीय खड्ग बहादुर पुन, ९५ वर्षीय सरुमा बलाल र ९५ वर्षीय सस बहादुर तरामुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अनुगमन समितिका संयोजक ईन्द्र बहादुर थापाले वडाकै नमुना काम गर्न सफल भएको बताए । फोहोर फाल्ने, लामखुट्टे लाग्ने सार्वजनिक क्षेत्रलाई संरक्षण गरी ३ वर्षको अवधिमा भवन निर्माण पूरा भएको उनले बताए ।

उपमहानगरपालिकाबाट २० लाख रुपैयाँ, भुवनेश्वरी टोल विकास संस्थाबाट ४ लाख ७१ हजार, राना रेवती पथ आमा समूहबाट १ लाख ५० हजारसहित टोलका सामाजिक ब्यक्तिहरुबाट करीब ३३ लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको कोषाध्यक्ष मधुबाला तारामी मगरले बताईन् । करिब ३१ लाख बराबर सहयोग संकलन भएकोमा ३३ लाख ५ सय ८९ रुपैयाँ खर्च भएको उनले बताईन् । कार्यक्रममा जेष्ठ नागरिक विश्राम स्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर राना, टोल अध्यक्ष रबिन्द्र नाथ पंगेनी, नागरिक वडा मंचका दुर्गा पौडेल, जनप्रतिनिधि पुनम थापाले थप रचनात्मक कार्यमा सबै मिलेर लाग्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?