ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सुन्दर र बस्नयोग्य शहर बुटवलको चिन्ता

२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

बुटवल, २० फागुन ।

संघीयता कार्यान्वयनमा राजनीतिक दलका नेतृत्व पक्ष जिम्मेवार र गम्भीर नहँुदा देशको आर्थिक अवस्था संकटमा आईपरेको एक कार्यक्रममा बोल्ने वक्ताहरु दुःखेसो गरेका छन् । प्रदेश संरचनामा केन्द्रिकृत मान्यता हाबी हुँदा प्रदेश राजधानी सर्ने, निमार्णाधिन पूर्वाधार अलपत्र हुने जस्ता कार्यले आर्थिक राजधानीको संज्ञा पाएको रुपन्देही नाममात्र सिमित हुनेमा उनीहरुले आशंका ब्यक्त गरे ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले शनिबार आयोजना गरेको होली मिलन कार्यक्रममा सहभागीहरुले बुटवल नगरलाई सुन्दर र बस्नयोग्य शहर बनाउने योजनाप्रति विशेष कार्यक्रम र अभियान थाल्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले बुटवल नगर पछिल्लो समय सुन्दर र बस्नयोग्य शहर केवल नारामात्र बन्दै गएको दुःखेसो गरे । ‘स्थानीय पालिका र सरोकारवाला निकायहरु समयमा सचेत हुनुपर्छ’– उनले भने । बुटवल नगरको विकासमा यहाँका संघसंस्थाहरुको योगदान महत्वपूर्ण रहेको भन्दै फेरि एकपटक सबै मिलेर काम गर्ने बेला भएको बताए । बुटवललाई सुन्दर र बस्न योग्य शहर बनाउने कुरा नारामा भन्दा पनि ब्यवहारमा उतार्ने गरी लाग्नुपर्ने उनले बताए । होली मिलन परम्परागत रुपमा सत्यको जितको रुपमा मनाईदै आएको भन्दै नया पुस्ता पौराणिक ईतिहासबारे ज्ञान लिनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पंन्थीले देशको अहिलेको अवस्था आउनुको कारण ३ तहकै सरकार बीचमा समन्वय अभाव मुख्य भएको बताए । एकअर्कालाई दोष लगाउने भन्दा पनि शुरु भएका काम सक्नेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।

अस्थिर सरकारको कारण शुरु भएका पुर्वाधार विकासको काम रोकिनु, निर्माणको काममा लागेको ठेकेदार मूल्यांकन गरेर पैसा नपाउने, बैंकमा पैसा रोकिनु जस्ता विषयकै कारण पनि परियोजनाहरु पुरा नहुने गरेको उनले दुःखेसो गरे । बुटवलको सडक निर्माणाधिन ठेकेदार कम्पनी ६ करोड रुपैयाको मुल्याकन तयार गरेको रकम नपाउँदा कामलाई तीव्रता दिन नसकेको उनले बताए ।

धुवाँधुलोका कारण वातावरणमा प्रतिकुल अवसर हुँदै गएको भन्दै उनले दैनिक ६ जना क्यान्सर रोगग्रसित बिरामीहरु सिफारिस गर्ने अवस्था आएको दुःखेसो गरे । तीन तहकै सरकारका बीचमा समन्वय र जिम्मेवारीको अभाव, नगरपालिकामा केन्द्रीकृत बजेट बनाईनु जस्ता धेरै समस्याहरु रहेको उनले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक दान बहादुर थापाले होली सद्भाव, मिलनको पर्व भएको भन्दै यो पर्वको शुरुवात धार्मिक, सामाजिक महत्व रहेको बताए । पछिल्लो समय हरेक चाडपर्व र पर्व सुरक्षाका दृष्टिकोणबाट चुनौती बनेको उनले बताए । केवल प्रहरीमात्र भन्दा पनि यो विषयमा समुदायबाट नै पहल थाल्नुपर्ने उनको सुझाव छ । हरेक पर्वमा मनाउदा देखिने विसंगति विकृतिहरु रोक्ने गरी प्रहरी प्रशासन कार्ययोजना बनाएर लागेको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष उज्जल कसजूले निरन्तर संस्कार संस्कृतिका रुपमा मनाउदै आएको बताए । वर्षभरि संघमा रहेर कामको शिलशिलामा एकअर्का बीचमा भएका कमी कमजोरीहरुलाई अन्त्य गरी भाईचारा बढाउने गरी पर्व मनाईदै आएको उनले बताए । उद्योगी ब्यवसायीहरु आर्थिक मन्दीमा रहेको अवस्थामा केवल शुभकामना आदानप्रदान गर्ने गरी कार्यक्रम गरिएको उनले बताए । आर्थिक मन्दी र सुरक्षा जोडिएको विषय हुँदा विशेष सरोकारवाला निकायहरुले सतर्कता अपनाउन उनले सुझाव दिए ।

देशको वर्तमान आर्थिक अवस्थाबारे सचेत हुनुपर्ने बेला आएको संघका निवर्तमान अध्यक्ष नवराज श्रेष्ठले बताए । बैकको प्रिमियर रेट १ प्रतिशतबाट ७ प्रतिशतसम्म पुग्दा यो विषयमा कुरा उठाउने सरोकारवालाहरु मौन बस्न नहुने बताए । बैक कमाउदै जाने तर उत्पादनशिल क्षेत्रमा लागेका उद्योग, ब्यवसायीहरु धरासायी हुने अवस्था आएको उनले दुःखेसो गरे । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख ध्रुव पौडेल, निवर्तमान अध्यक्ष खेम बहादुर हमाल, पुर्वअध्यक्ष अर्जुनमान सैजु, निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराईले सबै राजनीतिक दल र संघसंस्थाहरु देशको आर्थिक सुधारमा केन्द्रित हुनुपर्ने समय आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?