Butwal Today

लिग २ : युएईद्वारा नेपाललाई २०८ रनको लक्ष्य

१८ फाल्गुन २०७९, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आसिफ खानको अर्धसतकको मद्दतमा युएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो।

युएईका लागि ओपनर आसिफ खानले ७२ रन जोडे। उनले ९९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन्।

भृतिया अरविन्दले १८, कप्तान रिजवानले २२, आरयन लाक्राले २८ रन जोडे। रोहन मुस्तफा ५२ रनमा नटआउट रहे। युएईलाई सामान्य लक्ष्यमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा मात्रै २७ रन खर्चिएर महत्वपुर्ण विकेट हात पारेका हुन्।

यस्तै करण केसी, आरिफ शेख र कुसल मल्लले समान एक विकेट हात पारे।