Butwal Today

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भूमिकास्थानलाई

१७ फाल्गुन २०७९, बुधबार
अ+
अ-

सन्धिखर्क, १७ फागुन ।

सन्धिखर्कमा संपन्न १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भूमिकास्थान नगरपालिकाले जितेको छ । ११ अंक सहित भूमिकास्थानले राष्ट्रपति रनिङ शिल्ड जित्न सफल बनेको हो । प्रतियोगितामा ९ अंकका साथ सन्धिखर्क नगरपालिका द्वितीय भएको छ ।

फागुन १४ गतेबाट सन्धिखर्कमा सुरु भएको प्रतियोगितामा फर्जी खेलाडी मिसाएको भन्दै विरोध हुँदा भलिबल प्रतियोगिता दुई दिन रोकिएको थियो । भलिवल खेलमा फर्जी खेलाडी विवादका कारण ११ अंक सहित भूमिकास्थान खेलबाट बाहिरिएको थियो । ६ वटै स्थानीय पालिकाको सहभागिता रहेपनि प्रथम, द्वितीय र तृतीय तीन नगरपालिका बनेका छन् । १७ पदक जित्दै भूमिकास्थान प्रथम बनेको छ । ६ अंक सहित शितगंगा नगरपालिका तृतीय भएको छ ।

फर्जी खेलाडीको सहभागिताका कारण सन्धिखर्कका तीन पदक खोसिएकोमा ८०० मिटर दौड र १५ सय मिटर दौड गरी दुई खेलमा दोस्रो बनेकोे शितगंगाको खातामा अंक जाँदा शितगंगाले ६ अंक प्राप्त गरेको हो । यस्तै चार÷चार सय रिले खेलमा सन्धिखर्कका तर्फबाट पदक जितेका खेलाडी फर्जी पुष्टि भएपछि उक्त खेलमा दोस्रो भएको मालारानीले स्वतः पदक प्राप्त गर्दै एक अंक थपेको थियो । छत्रदेवले एक अंक प्राप्त गर्दा पाणिनीले भने अंक जोड्न सकेन र पुछारमा रह्यो ।

प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझीले उदघाटन गरेको कार्यक्रमको बुधवार प्रमुख जिल्ला अधिकारी मिना अर्यालले समापन गर्दै पुरस्कार वितरण गरिएको छ । जिल्लामा उत्कृष्ट भएका खेलाडीहरु प्रदेश स्तरीय रनिङशिल्डमा सहभागी बन्ने जिल्ला खेलकुद विकास समिती अर्घाखाँचीले जनाएको छ ।