ट्रेंडिंग:

>> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च
मुख्य खबर

आधा मूल्यमा भैंसी बेच्दै लघुबित्तको ऋण तिर्दै

समयमा किस्ता नबुझाएको भन्दै रातीराती कर्मचारीहरु घरमै आएर दबाब दिन थालेपछि आफु बाध्य बनेर आधा मूल्यमै भैंसी बिक्रि गर्न बाध्य बाध्य छन् । लघुबित्तमा आबद्ध बनेका धेरै आमा तथा दिदीबहिनीहरुको कथा र व्यथा उस्तै छ ।
१७ फाल्गुन २०७९, बुधबार
१७ फाल्गुन २०७९, बुधबार

गुल्मी,  फागुन- गुल्मी धुर्कोटका राजन भण्डारी आफैमा अपाङ्गता भएका व्यक्ति हुन । उनी घरमा कुखुरा पालन गरि आफ्नो जीवन निर्वाह गर्दै आईरहेका छन । तीनै राजन हातले लट्ठी टेक्दै त्यसैको सहारामा मंगलबार सदरमुकाम तम्घास आईपुगेका हुन । उनी तम्घास आउनुको मुख्य उद्देश्य भनेको अरु केही नभएर लघुबित्तिय संस्था बिरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउनु थियो ।
उनले कुखुरा पालनका लागि भनेर चारवटा लघुवित्त संस्था मार्फत तीनदेखि चार लाख रुपैंयासम्म ऋण लिएका छन । एकपटक आगलागि हुँदा उनका सबै कुखुरा मरे । फेरी उनले तम्घासवाट एक सय कुखुरा लगेर पाल्न शुरु गरेका छन । ती मध्य पनि २० वटा मरिसके अहिले ८० वटा मात्र जीवित छन । भण्डारीले वित्तिय संस्थावाट लिएको ऋणको आठौं किस्तासम्म बुझाई सकेका छन । बाँकि किस्ता तिर्न उनीसँग कुनै उपाय छैन । तर किस्ता रकम नबुझाएको भन्दै लघुबित्तका कर्मचारीहरु पटकपटक घर धाउने र उनलाई किस्ता रकम तिर्नका लागि दबाव दिन थालेपछि थप तनावमा देखिन्छन ।

भण्डारी जस्तै लघुबित्त संस्थावाट पीडित बनेकी गुल्मीदरबार गाउँपालिका १ बलीथुमकी सिमा कुमारी रेश्मीमगरको पीडा पनि उस्तै छ । स्थानीय साधना लघुवित्तवाट पसल सञ्चालन गर्नका लागि उनले ऋण लिएकी थिईन । समयमा किस्ता बुझाउन नसेकेपछि उनले ९० हजार रुपैंयामा किनेर ल्याएको भैंसी ४५ हजारमा बिक्रि गरेर ऋण तिर्न बाध्य बनिन् । समयमा किस्ता नबुझाएको भन्दै रातीराती कर्मचारीहरु घरमै आएर दबाव दिन थालेपछि आफु बाध्य बनेर आधा मूल्यमै भैंसी बिक्रि गर्न बाध्य बनेको उनले बताईन । उनि पनि हाल सात वटा लघुवित्तिय संस्थामा आवद्ध छन ।
त्यसैगरि गुल्मी बिरबासकी साबित्रा रजाली पनि हाल १० वटा भन्दा बढी लघुवित्त संस्थामा आवद्ध छन । शुरुमा संस्थाका कर्मचारीहरु छोराछोरी जस्तो बनेर आएको भन्दै उनले कर्मचारीहरुको आग्रहमा हाम्रो पनि जागिर जोगाईदिनु न दिदी भन्दै आफुहरुलाई धेरै संस्थामा आवद्ध गराएको बताईन । उनले गत तीन वर्षअघि एक लाख ऋण लिएको अहिलेमा अहिले तीन लाख पुगेको भन्दै आफुले सकिनसकि त्यसको किस्ता रकम तिर्न बाध्य बनेको गुनासो गरिन ।

भण्डारी, रेश्मी र रजाली एउटा पात्र मात्र हुन । उनीहरु जस्तै लघुबित्तमा आबद्ध बनेका धेरै आमा तथा दिदीबहिनीहरुको कथा र व्यथा एउटै छ । महिलाहरुको ठूलो ताँती हातमा राष्ट्रिय झण्डालाई समाउँदै लघुबित्तिय संस्था विरुद्धको आन्दोलनमा सहभागिहुन सदरमुकाम तम्घास आईपुगेका थिए । उनीहरुले लघुबित्तिय संस्था खारेज गर्नु पर्ने, सामुहिक ऋण मिनाहा गर्नु पर्ने, आम गरीब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नु पर्ने भन्दै सरकारसँग माग रगरेका छन ।
कार्यक्रममा लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समितिका जिल्ला अध्यक्ष मनिराम ज्ञवालीले राष्ट्र बैंकको निर्देशिका भन्दा बाहिर गएर गाउँगाउँमा एउटै सदस्यलाई दर्जनौ संस्थाहरुले लगानी लगाएर अनावश्यक ऋणको भारी बोकाएर बित्तिय संस्थाहरुले यनीहरुलाई घरबारविहीन बनाएको आरोप लगाए ।
गुल्मीमा त्यस्ता बित्तिय संस्थाहरुको संख्या २८ रहेको छ भने नेपालमा ५८ लाख व्यक्तिहरु लघुबित्तिय संस्थाहरुमा आबद्ध रहेको संघर्ष समितिका अध्यक्ष ज्ञवालीले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?