ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

कञ्चनमा एमालेको मिसन ग्रासरुट

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

कन्चन, १६ फागुन ।

नेकपा एमाले रुपन्देही मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय अनुसार मंगलबार कञ्चन गाउँपालिका कमिटीको बिस्तारित बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य बोम बहादुर विश्वकर्माले एमाले संसदमा दोस्रो पार्टी देखिएता पनि जनताको भोटले पहिलो पार्टी रहेको बताउँदै एमाले नेतृत्वको सरकारले गरेका दीर्घकालीन बिकासका योजना जनताको माझमा लैजानुपर्नेमा जोड दिए ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीले एमाले रुपन्देहीमै बलियो पार्टी रहेको बताउदै स्थानीय चुनाव समग्रमा एमालेले राम्रो नतिजा हासिल गरेको बताए । पार्टी जिल्ला उपसचिव चित्र बहादुर कार्की, प्रदेश कमिटी सदस्य हरिबहादुर कार्की, सूर्य बहादुर भट्टराईलगायतले अहिलेको अबस्थामा एमालेको नेतृत्व जनताले चाहेको भएता पनि देशी बिदेशी इसारामा अहिले प्रचण्ड नेतृत्व चलिरहेकोले एमाले सरकारबाट बाहिरिनु परेको र आगामी दिनमा संसदको पहिलो दल हुने गरी नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । त्यस अवसरमा जिल्ला कमिटी सदस्य तथा कञ्चन इन्चार्ज भरतमणी सापकोटले कञ्चनमा नेकपा एमाले एक ढिक्का रहेको बताए । फागुन ३० गते बिस्तारित बैठक राखी कञ्चनमा नेकपा एमाले बिस्तारित र सुदृढीकरण सञ्चालन गर्ने र चैत १० गते पार्टीको प्रशिक्षण गर्ने, वडामा जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरुको उपस्थितिमा अभियानलाई सार्थक बनाउन बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रदेश सल्लाकार, जिल्ला सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, पालिका कमिटीका पदाधिकारी सदस्यहरु तथा त्यस वडाबाट प्रतिनिधित्व गर्ने सबै जनसंगठनका सदस्यहरुको अनिवार्य उपस्थितिमा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपा एमाले कञ्चन गाउँकमिटी अध्यक्ष दिननाथ आचार्य, सचिव लेखनाथ पौडेललगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?