ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुधबार मिस वेष्ट्रन नेपालको अडिसन हुँदै

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

बुटवल, १६ फागुन ।

मिस वेष्ट्रन नेपालको अडिसन बुटवलमा बुधबार हुदैछ । चौथो संस्करणको अडिसनको तयारी पुरा भएको नेक्स्ट रिभोलुसन नेपालका प्रबन्ध निर्देशक राजीव खनालले बताए । अन्तर्राष्ट्रिय मान्यताअनुसार न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका अविवाहित, नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले प्रतिष्पर्धाका लागि आवेदन दिन सक्ने खनालले बताए ।

अडिसनका लागि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट एक दर्जन बढी प्रतियोगीहरुले आवेदन दिएका छन् । ‘अडिसन होटल एभरेष्ट ईनमा बुधबार हुने छ’–उनले भने । मिस नेपाल द हिडन ट्रेजरको फ्रेन्चाईची लिएर संस्थागत रुपमा प्रतियोगिता गर्दै आएको उनले बताए । अडिसनमा छनौट भएका प्रतियोगीलाई ब्यक्तिगत क्षमता विकास, नेतृत्व, वक्ततृत्व, स्टेज प्रस्तुति लगायतका तालिमहरु दिईने छ । चैत ११ गते हुने फाईनल कार्यक्रमको विजेताले पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्दै मिस नेपालमा भाग लिने छन् । मिस नेपालको प्लेटफर्ममा पुग्ने यो आधार कार्यक्रम भएको उनले दाबी गरे । सन २०१८ बाट प्रतियोगिता गर्दै आएको उनले बताए । अहिलेसम्मको यस क्षेत्रबाट सहभागी भएर मिस नेपालको टप १२ सम्म पुगेको छ । प्रतियोगीले आफ्नो शरीरमा कुनै किसिमको टाटुहरु नखोपेको हुनुपर्ने उनले बताए । मिस वेष्ट्रन नेपालकी गतवर्ष डा. दिलासा डोटेल विजेता भएकी थिईन् । मिस नेपाल २०२२ प्रियंका रानी जोशी रहेकी छिन् ।

कार्यक्रम निर्देशक गोपाल अधिकारीले युवाको शारीरिक र बौद्धिक क्षमता प्रदर्शन गर्ने प्लेटफर्मका रुपमा यो कार्यक्रम भएको बताए । रुपन्देहीका बुटवल बहुमुखी, लुम्बिनी बाणिज्य क्याम्पस, अक्सफोर्ड, एम्स, एक्सिस कलेजमा अडिसनको क्याम्पेनिङ समेत गरिएको उनले बताए । मिस नेपाल हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले ललितपुरको गोदावरी स्थित २ हजार ८ सय दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने बताए ।

डाबर वाटिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् । जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?